आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

वामदेव गौतमद्वारा प्रचण्डको प्रशंसा

  • रारा रैबार
  • २०७८ पौष १२, सोमबार मा प्रकाशित
  • ६१० पटक पढिएको
  • काठमाडौं : राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्।

    माओवादीको आठौँ महाधिवेशनको उद्घाटन सत्रको अवसरमा आइतबार प्रचण्ड सुसंस्कृति र सभ्य शैलीमा बोलेको भन्दै आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रशंसा गरेका हुन्।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन भएपछि एकता अभियान चलाउँदै आएका नेता गौतमले विज्ञप्तिमा लेखेका छन्, ुहार्दिक वधाई माओवादी आठौं राष्ट्रीय महाअधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचन्डले शुभकामना दिने सवै अतिथिहरुको मुक्तकण्ठले प्रसंसा गर्दै धन्यवाद दिनुभयो।

    आफ्ना विचार पनि संक्षिप्त रुपमा र तर्कयुक्त राख्नु भयो। वहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन। कतिपय पार्टीका नेता दुर्वचनवाट आफ्नो मन्तव्य शुरु गर्छन् र दुर्वचनवाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा प्रचण्ड अत्यन्त सुसंस्कृत र भव्य देखिनु भयो।प्रचण्डजीलाई धेरै धेरै वधाई र धन्यवाद दिन्छु।

    साथै नेता गौतमले माओवादी केन्द्रको महाअधिवशनको पूर्ण सफलताका लागि हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस