आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

श्रमिक दिवसको अवसरमा वृक्षारोपण

  • रारा रैबार
  • २०८० बैशाख १९, मंगलबार मा प्रकाशित
  • ३०१ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    बैशाख १९ मुुगुु
    नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वत्रन्त बिद्यार्थी युुनियन मुुगुको आयोजनमा रारा बुहुुमुखि क्याम्पस नाउरमा सोमबार फुलका विरुवा रोपेर वृक्षारोपण गरिएको छ । १३४ औ अन्तराष्ट्रिय श्रमिक दिवसरको अवसरमा अखिल नेपाल स्वत्रन्त बिद्यार्थी युुनियन लगायत युुवा संघ, खेलकुद महासंघको संयोजनमा रारा बहुुमुुखि क्याम्पसमा ३० वटा फुलका विरुवा रोपेर वृक्षारोपण गरिएको हो ।

    नेकपा एमाले जिल्ला कमिटि सदस्य मदन बाँनियाको अगुवाईमा र अन्य भातृ संस्थाका पदधिकारीको सहभागीतामा वृक्षारोपण गरिएको रारा बहुुमुखि क्याम्पसका स्ववियुु निर्वाचन अध्यक्ष पदका पत्यासी वैदेवि बुढाले बताईन ।

    उनका अनुसार श्रमदिवसको दिन श्रमगर्नु पर्छ र श्रमदिवसको दिन जनचेतना फैलाई सन्देश दिनुु पर्छ भन्ने मान्यताका साथ रारा बहुमुखि क्याम्पसमा वृक्षारोण गरेका बुढाले बताईन । हरेक श्रमदिवसका अब अखिल नेपाल स्वत्रन्त बिद्यार्थी युुनियनले श्रम सहित वृक्षारोपण गर्ने अखिल नेपाल स्वत्रन्त बिद्यार्थी युुनियन मुुगुुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस