आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

  • रारा रैबार
  • २०७८ फागुन २, सोमबार मा प्रकाशित
  • ५८० पटक पढिएको
  • काठमाण्डौ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज सोमवार सर्वदलीय बैठक बोलाउनुभएको हो ।

    छलफलमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी छैन । महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइ सांसद सत्ता गठबन्धनसँग छैन । सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्दा गठबन्धनमै आबद्ध जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षर छैन ।

    प्रमुख प्रतिपक्ष एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । महाअभियोगलाई पारित गर्नका लागि सांसद सङ्ख्याको दुई तिहाइ अर्थात् एक सय ८१ सांसदको मत आवश्यक पर्छ ।

    प्रतिक्रिया दिनुहोस