आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

सिद्धार्थ गौतमका १० जना विद्यार्थी नेतृत्वदायी भूमिकामा

  • रारा रैबार
  • २०८० जेष्ठ ७, आईतबार मा प्रकाशित
  • १००८ पटक पढिएको
  • हाम्रो रारारैवार संवाददाता
    जेठ ७ मुगु
    मुगुको छायाँनाथ रारा नगरपालिका स्थित श्री सिद्धार्थ गौतम नेसनल बोर्डिङ स्कूलमा अध्ययनरत १० जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् । कक्षा १ देखि १० सम्मका १९७ विद्यार्थी मध्ये निर्वाचन मार्फत १० जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका हुन । निर्वाचित हुनेमा कक्षा नौ बाट उपेन्द्र उपाध्याय ९८ मत सहित स्कूल क्याप्टेनमा निर्वाचित भएका छन् र कक्षा ८ बाट सुवर्णा मल्ल १०५ मत सहित स्कुल भाइस क्याप्टेनमा निर्वाचित भएकी छिन् ।

    निलो सदनको क्याप्टेनमा संजीता मल्ल ३० मतले र भाइस क्याप्टेनमा सुनिल बुढा ३२ मतले , पहेलो सदनको क्याप्टेनमा अरुण शाही १५ मतले र भाइस क्याप्टेनमा स्मृती शाही २७ मतले, रातो सदनको क्याप्टेनमा रोहित राजबंशी ४१ मतले र भाइस क्याप्टेनमा सुजन शाही ३६ मतले र हरियो सदनको क्याप्टेनमा सृष्टि शाही २१ मतले र भाइस क्याप्टेनमा स्मार्ट शाहीे २२ मतले बिजय भएका छन् ।
    विद्यालयले बालबालिकाको नेतृत्व विकासका लागि विभिन्न सदन विभाजन तथा विद्यालयभित्र विद्यार्थीले निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाका आधारमा नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

    त्यसै अनुसारविभिन्न सदन तथा स्कूल क्याप्टेन पदका लागि इच्छुक विद्यार्थी मध्येबाट मतदान गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा माया राईले बताईन । उनका अनुसार मतदानले बिद्यार्थीहरुमा नेतृत्व क्षमताका साथै विद्यार्थीमा आत्मविस्वास बढ्ने तथा नेतृत्व क्षमताको विकास हुने राईले बताएकी छन् । बिद्यार्थीको सिकाई बाट बिद्यालय प्रभावित भएको छ ।“यति साना उमेरका विद्यार्थीले एक छिन जानकारी दिएकै भरमा चुनावमा सहभागी हुन सक्ने रहेछन् भन्ने त मैले सोचेकै थिएन विद्यार्थीको चुनाव सहजीकरण गरेका मतदान अधिकृत विद्यालय संयोजक अर्जुन कुमार कार्कीले बताए ।
    आफूलाई मन परेको उम्मेदवारलाई मत पेटिकामा छाप हालेर भोट दिंदै गर्दा यी विद्यार्थीले भोलि देशमा सही नेता छान्न सक्ने रहेछन भन्ने विश्वास पलाएको छ ।गत बर्ष बाबासंग चुनावमा जाँदा आमाले भित्र छिर्न दिनुभएको थिएन, तर आज त आफैंले भोट दिएर आए । मतपत्र खसालेर दंग पर्दै बाहिर निस्किएका कक्षा चारमा अध्ययनरत छात्र अग्रराज शाहीले बताए । अब घर गएर मैले पनि भोट दिएको कुरा सबैभन्दा बाबालाई सुनाउन मन छ ।
    यसै बिच निर्वाचित विद्यार्थीलाई खादा र अबीर लगाएर जिम्मेवारी हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गामाया राईले बताए । विद्यालयले यससंगै क्रियाकलापमा आधारित सिकाइ क्रियाकलाप, रुपान्तरणमुखी सिकाइ कार्यक्रम लगायत संचालन गर्दै आएको बिद्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस