आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

सुपाकोट गाउँमा बिद्यालय स्थापना

  • रारा रैबार
  • २०७८ फागुन २७, शुक्रबार मा प्रकाशित
  • ६५९ पटक पढिएको
  • मुगु: सदरमुकाम गमगढी बजार नजिकैरहेको एक गाउँमा पहिलो पटक बिद्यालय स्थापाना भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ५ सुपाकोट गाउँमा पहिलो पटक बिद्यालय स्थापना भएको हो । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा १६ लाख को दुई कोठे बिद्यालय भवन र ७ लाखमा शौचालय निमार्ण भए संगै नगरपालिकाले एक शिक्षकको दरबन्दि कायम गरि बिहिबार बाट कार्यन्वयन आउने गरि १ देखि ३ सम्म पठन पाठन हुने गरि हरि महादेव बिद्यालय स्थापाना गरिएको छ ।

    बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा बिद्यालयको उद्धघाटन गरिएको र अब नियमित पठनपाठन गरिने भएको छ विगतका बर्षहरुमा जिल्ला शिक्षा कार्यलयको मातहतमा रहने गरि सुपाकोटमा बिभिन्न सघं सस्थाको सहयोगमा २०६३ सालबाट ई.सि.डि कक्षा सञ्चालन हुदै आएको भएपनि सुपाकोट गाउँमा आधिकारिक बिद्यालय भने थियन ।

    सदरमुकाम गमगढी संगै जोडिएको गाउँमा बिद्यालय नहुनु दुखत भएको स्थितीमा छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोमा आधिकारिक हरि महादेव बिद्यालय स्थापना गरि अगाडी बढाएको नगर प्रमुख हरिजंग शाहीले बताए ।

    छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा एक शिक्षक सहित हरि महादेव आधारभुत बिद्यालय स्थापाना भएको र बिद्यालयमा अब नियमित पठनपाठन सञ्चालन हुने नगर प्रमुख शाहीले बताए । पहिलो पटक सुपाकोट गाउँमा हरि महादेव आधारभुत बिद्यालय स्थापाना भएसंगै स्थानीय खुसी भएका छन । स्थानीय नानी बिकका अनुसार आफनो गाउँमा बिद्यालय नहुदाँ बालबालीका छिमेकि गाउँका बिद्यालयमा पठन पाठनको लागि जाने र धेरै दुख पाउने गरेको सुनाईन ।

    उनले भनिन् बाहिरका बिद्यालय पढ्न जाँदा बालबालिका हेपिने र बाटो मा हिड्दै गर्दा कापी कलम झोला लगायतका शैक्षि सामाग्री हराउने र आर्थिक अभाव भएका अविभाकलाई समस्या हुने गरेको बताईन । नानी बिकको मात्रै होईनन् बिद्यालय स्थापना संगै ३३ घरधुरी रहेको सुपाकोट गाउँका सबै स्थानिय खुसि भएका छन ।

    अब घर नजिकै बिद्यायल स्थपाना भएको छ । आफ्ना नानी बाबुले घर नजिकै पढ्न पाउने र भोक लागेको समय पनि घर नजिकै भएकाले विगतको जस्तो समस्या नहुने अर्का स्थानीय रमाईली बुढाले बताईन ।

    बिद्यालय स्थापानाको लागी बिभिन्न निकायमा धाउदा धाउदा कुनै निकायले सुनुवाई नगरेको र नगर प्रमुख चुनावकाबेला आउदाँ गाउँभरीको माग सुपाकोटमा बिद्यालय स्थापानाको माग गरेक रहेको थियो । सोहि माग अनुसार चुनाव जितेको चार बर्षको अन्तिम तिर भएपनि बिद्याय स्थापाना गरेर नगर प्रमुखले ठुलो गुन लगाएको स्थानीयले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस