आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जित्यो

  • रारा रैबार
  • २०७८ पौष १३, मंगलबार मा प्रकाशित
  • ५२७ पटक पढिएको
  • काठमाडौँ  : उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो ।

    लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

    नेपालले यसअघि सन् २०१९ मा सोही रंगशालामा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो ।

    अघिल्लो संस्करण एउटा सेट पनि नगुमाई उपाधि जितेको नेपालका लागि यसपल्ट उपाधि यात्रा कठिन रह्यो । श्रीलंका र उज्वेकिस्तानको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको हो ।

    उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा कायम राख्न सक्यो । पहिलो खेलमा श्रीलंकासँग र फाइनलमा उज्वेकिस्तानसँग नेपालले २–२ सेट गुमायो । अन्य सबै खेलमा सोझो जित निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस