आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

सोरु गाउँपालिकाका स्टोरकिपर सिह पक्राउ

  • रारा रैबार
  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित
  • १४८८ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन ४ मुगु
    सोरु गाउँपालिकाका खरिदार तथा स्टोर किपर ईश्वर बहादुर सिह शनिबार पक्राउ परेका छन । ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले सिँहलाई पक्राउ पूर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीले गाउँपालिका बाटै सिंहलाई पक्राउ गरेको छ ।
    सोरु गाउँपालिकाबाट सरुवा भई गएका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले सिहलाई ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको एक बर्ष पछि सिहलाई प्रहरीले पक्राउ गरेको हो ।
    गत वर्षको असोज महिनामा तत्कालिन पालिका प्रमुख प्रशासकिय अधिकृत उपाध्याय पालिकाबाट सदरमुकाम गमगढी तर्फ आउदै गर्दा सोरु गाउपालिकाको सिपगाउँमा केही ब्यक्तिले आक्रमण गरि शक्त घाइते बनाएपछि उपाध्यायले सिह बिरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेर दिएका थिए ।अदालतको आदेश अनुसार ज्यान मार्ने उद्योगमा अभियोग लागेका सिहलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक भूवनेश्वर प्रसाद शाहले बताए ।
    पक्राउ परेका सिहंलाई आज जिल्ला अदालतमा बुझाउने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
    सिह डोटी जिल्लामा गाविस सचिव हुदा सामाजिक सुरक्षा रकम दुरुपयोग गरेको आरोपमा अख्तियारबाट कारबाहीमा परि सजाय समेत भोगेका थिए ।

    प्रतिक्रिया दिनुहोस