आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

स्व बखत स्मृती फुटवलको उपाधी मावि रोवालाई

  • रारा रैबार
  • २०७९ माघ ९, सोमबार मा प्रकाशित
  • २२१ पटक पढिएको
  • रारा रैवार संवाददाता,

    मुगु जिल्ला सदरमुकाम गमगढीमा भैरहेको अन्तर विद्यालय स्तरीय विद्यार्थी फुटबल प्रतियोगिताको उपाधी प्रभात माध्यामिक विद्यालय रोवाका विद्यार्थीहरुले हात पारेका छन । २१ औं स्व बखत बहादुर स्मृती दिवशको अवसरमा शहिद बखत बहादुर शाही फाउण्डेनको आयोजनामा गत ४ गतेबाट जिल्ला सदरमुकाम गमगढीमा संचालन भैरहेको अन्तर विद्यालय स्तरीय विद्यार्थी फुटबल प्रतियोगितको आईतबार (संचालित फाईनल प्रतियोगितामा प्रभात मावि रोवाका विद्यार्थीले श्री माहाकाली नमुना माविका बिदार्थी लाई २ ० ंले जित हासिल गदै विजेताको उपाधी लिन सफल भएका हुन ।फाईनल प्रतियोगिता शुरु भएको ८ मिनेटमा मावि रोवाका १४ नं जर्सि खेलाडी धरम सेजुवालले पहिलो गोल गरेका थिए भने हाफ टाईम पछिको २१ मिनेटमा मावि रोवालाई १५ नं जर्सि खेलाडी विश्वराज सेजुवालले दोसो्र गोल दिलाएका थिए । जिल्ला सदरमुकाम स्थित महाकाली माध्यामिक विद्यालयलले यस अघि हुदै आएका प्राय सबै खेलको उपाधी जित्दै आएपनि यो चोटी शुन्यले पराजित हुनु प¥यो । सदरमुकाम बाहिरबाट जित हासिल गर्ने मावि रोवा सम्भवत पहिलो विद्यालय बनेको छ ।
    हरेक बर्ष बखत स्मृतीको अवशरमा भलिबल,फुटबल र देउडा प्रतियोगिताको आयोजना गदै आएको फाउण्डेसनले यो वर्ष फुटबल र देउडा प्रतियोगिताको आयोजना गरेको थियो ।विजेता मावि रोवाले शिल्ड टफि,गोल्ड मेडल सहित २५ हजार नगद उपविजेता महाकाली माविका विद्यार्थीहरुले शिल्ड टफि,शिल्भर मेडल सहित १५ हजार नगद पुरस्कार पाउने बखत बहादुर शाही फाउण्डेसन सचिव दिपक रावलले बताए ।
    फुटबल प्रतियोगितामा मिन मावि भारेकोट,निमावि कार्कीवाडा,थापा बोडिङ्ग,रारा बोडिङ्ग,सिदार्थ गौतम बोडिङ्ग स्कुल,महाकाली मावि र मावि रोवा सहित ११ विद्यालयका १६ वटा विद्यार्थी टिमले सहभागिताजनाएका थिए ।
    नेपाली काँगे्रसका मुगु जिल्ला सस्थापक सभापती,पुर्व जिल्ला विकास समिती सभापती बखत बहादुर शाहीलाई तत्कालिन माओवादीका कार्यकर्ताहरुले शाही आफनै घरमा साँझको खाना खाईरहेको बेला २०५८ साल माघ ४ गते गोली हानी हत्या गरेका थिए । सरकारले शहिद घोषणा गरेपछि नेपाली काँगे्रस र घरपपरिवारले बखत बहादुर शाही फाउण्डेसन स्थापना गरि सामाजिक काम गदै आएका छन ।

    प्रतिक्रिया दिनुहोस