आज: २०८२ जेष्ठ २६, आईतबार
ePaper
होमपेज /  Breaking News

कर्णाली प्रदेशसभा सदस्यलाई कोरोना, कन्ट्याक्ट ट्रेसिङ हुँदै

  • रारा रैबार
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित
  • ६१३ पटक पढिएको
  • रारारैवार संवाददाता
    असार ३०काठमाडौं  कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। सभामुख राजबहादुर शाहीले यसबारे पुष्टि गरे। उनले भने, ‘एक जना माननीयज्यूको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ।’ प्रदेशसभाका अन्य सदस्यहरुलाई पनि कोरोना संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए। ‘उहाँको परीक्षण सोमबार गरिएको हो र रिपोर्ट आज आएको छ। उहाँलाई संक्रमण देखिएपछि थप जोखिम नहोस् भनेर हामीले सबै माननीय ज्यूहरुको र कर्मचारीको पनि स्वाब लिने काम सुरु भएको छ,’ उनले भने, ‘उहाँको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ। स्रोत थाहाखबर

    प्रतिक्रिया दिनुहोस