आज: २०८१ मंसिर २०, बिहिबार
ePaper
होमपेज /  Breaking News

जिल्ला प्रहरी कार्यालयलाई सम्मान ।

  • रारा रैबार
  • २०८१ श्रावण ४, शुक्रबार मा प्रकाशित
  • १३३ पटक पढिएको
  • रारा रैवार संवाददाता
    ३ अषाढ मुगु ः मुगुम कार्माराङ गाउँपालिका—१ डोल्पु गाँउमा गएको जेठ १२ गते राति भएको सामुहिक लुटपाट घट्नामा संलग्न ब्यक्तीहरुलाई पहिचान गरी कानुनी प्रक्रियामा ल्याएको भन्दै उक्त गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगु र कार्यालय प्रमुखलाई सम्मान गरिएको छ ।
    मुगुम कार्मारोङ गाउँपालिका—१ डोल्पु गाउँमा गएको जेठ १२ गते राति आधुनिक हतियार प्रयोग गरी एक समुहले गाउँका २४ घरधुरी र एक गुम्वामा करोडौको धनमान लुटपाट गरी घरमा रहेको बृद्धबृद्धा र महिलाहरुलाई कुटपिट गरी भागेका थिए । घट्नामा संलग्न ब्यक्तिहरुलाई प्रहरीले घटना भएको २० दिन पछी घट्नामा प्रयोग भएका हतियार सहित केही धनमाल बरामदगरी ति ब्यक्तिलाई कानुनी प्रक्रियामा ल्याएकाले जिल्ला प्रहरी कार्यालय र कार्यालयका प्रमुखलाई गाउँपालिकाले एक समारोह बिच सम्मान गरिएको हो ।
    आधुनिक हतियार सहित गाउँका २४ घर र एक गुम्वामा लुटेराको समुहले करोडौको धनमाल लुटपाट गरेका थिए । यो गाउँ जिल्लाको भौगलिक बिकटताले दुर्गम गाउँ हो । भौगलिक बिकटता र संचारबाट बञ्चित यो गाउँमा उक्त घट्नाले स्थानियहरु त्रसित थिए । प्रहरीले घट्नामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानुनिक प्रक्रियामा ल्याउन सक्छ भन्ने आस मारी सकेका थिए । तर प्रहरीले यति चाँडै घट्नामा संलग्न ब्यक्तिहरु पक्राउ गरी कानुनी प्रक्रियामा ल्याएकाले पिडित घरपरिवारलाई केही राहत महसुस भएकाले पिडित घर परिवार र गाउँपालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालय र कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक बिरेन्द्र थापालाई जिल्ला प्रशासन कार्यालयमा बिहिवार एक समारोह बिच सम्मान गरिएको मुगुम कार्मारोङ गाउँपालिक अध्यक्ष छिरिङ क्याप्ने लामाले बताएका हुन ।
    घट्ना जेठ १२ गते घटेको थियो । घट्नाको जानकारी पाउन बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा घट्ना स्थलमा पुगी अनुसन्धानको प्रकिया अगाढी बढाई घट्नामा संलग्न जुम्लाको गोठीचौर गाउँपालिका–३ का आक्रोस प्रर्से भनिने गणेश भण्डारी सोही वडाका पूर्णप्रसाद भण्डारी र सोही गाउँपालिका–४ का कमल थापालाई पक्राउ गरी उनिहरुका साथबाट घट्नामा प्रयोग भएका हातहतियार र केही धनमाल समेत जुम्लाको बिभिन्न स्थानबाट बरामदगरिएको थियो । प्रहरीको कर्तब्यनै अपराधन नियन्त्रण गर्नु हो आफनो नेतृत्वमा दुई जना प्रहरी निरिक्षक सहितको टोली परिचान भई समयमै लुटपाटमा संलग्न ब्यक्तिलाई कानुनी प्रक्रियामा ल्याउन सकिएको र अन्य घट्नामा संलग्न अन्य ब्यक्तिका बिषयमा अनुसन्धान भईरहेको प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बिरेन्द्र थापाले बताए ।
    गत बर्ष छायाँनाथ रारा नगरपालिका—६ मन्दु गाउँमा भएको सामुहिक हत्या काण्ड र मुगुम कार्मारोङ गाउँपालिका—१ डोल्पु गाउँमा भएको लुटपाट घट्नामा संलग्न ब्यक्तिहरुलाई प्रहरीले छोटै समयमा पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन सफल भएकाले जिल्लामा घटेका यि दुई घट्नाले दुर्गम बस्तिका सर्बसाधरणहरुले जस्तो बेला पनी प्रहरी आफनो साथमा रहेको महसुस गर्न थालेको मुगुम कार्मारोङ गाउँपालिका—१ का पिडित उर्गिन तामङले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस