आज: २०८१ माघ ७, सोमबार
ePaper
होमपेज /  Breaking News

मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला

  • रारा रैबार
  • २०८१ पौष २१, आईतबार मा प्रकाशित
  • ३७ पटक पढिएको
  • मुगु । मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला लागेको छ । जिल्लाको पश्चिम खत्याड गाउँपालिाकामा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा खत्याड गाउँपालिाकाका स्थानीय कृषकहरुले आफनो खेत गडामा उत्पादान गरिएका रैथाने कृषि बीउविजन प्रदर्शनी गरेका छन् ।

    शनिबार खत्याड गाउपालिका–११, लुई, रातापानीमा स्थानिय रैथाने विउ प्रदर्शनी मेला तथा ऐचोपैचो कार्यक्रमले स्थानीय कृषकहरु लाई कृषि उत्पादनमा उत्साह थपेको छ ।
    खत्याड बहुउदेश्यीय सहकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालको आयोजनामा सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोगमा र खत्याड गाउँपालिकाको समन्वयमा सञ्चालित स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममले खत्याड गाउँपालिकाका स्थानीय किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको किसानले बताएका छन ।

    खत्याड गाउँपालिका वडा नं ८, ९, १०, ११ का सहभागी किसान तथा कृषक समूहहरुले आफूले उत्पादन गरेका समुदायमा पाइने रैथाने बीउ एक सय देखि ४९० जातका कृषि सामाग्री प्रर्दशनीमा राखेका थिए । मेलामा ९ वटा रैथाने बीउको स्टलमार्फत राखिएको थियो ।

    रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ खत्याड गाउँपालिाकाको रातापानीमा मेला प्रदर्शनी गरिएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नमराज रावतले बताए । किसानहरुलाई यस्ता मेलामार्फत स्थानीय बाली प्रयोग गर्न कृषि उत्पादनमा जोडदिनुका साथै कृषि क्षेत्रको प्रर्वधनमा सहयोग पुग्ने उनको भनाइ छ ।

    पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । स्थानीय कृषि बीउ मेलाले स्थानीय बीउ र स्थानीय बाली संरक्षणमा ठूलो टेवा पुग्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।

    उनले खत्याड गाउँपालिका क्षेत्रभित्रको कृषी सामग्री बजारसम्म बजारीकरणका लागि कृषि एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता समेत गरेका छन् । खत्याड गाउँपालिका कृषी क्षेत्रका लागि मुलधार पनि हो । कृषिमा लगानी गर्ने र कृषी क्षेत्रमा बढवा दिने गैरसरकारी संस्थासँग हातेमालो गरेर यस क्षेत्रमा रैथाने बाली र बीउबिजनको जर्गेना र संरक्षणसमेत गरिने खत्याड गाउँपालिाकाकी उपाध्यक्ष सरीता रोकायाले बताइन् ।

    स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा सहभागी किसानहरुले यस्ता कार्यक्रम हरेक वर्ष राख्न आग्रह गरेका छन् । यस्ता कार्यक्रमले कृषी क्षेत्रमा लागेका कृषकहरुलाई हौसला हुने भएकाले हरेक वर्ष यस्ता मेलाको आयोजना गर्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस