आज: २०८२ अषाढ १७, मंगलबार
ePaper
होमपेज /  Breaking News

पौडेलको चियापनमा पुगे प्रधानमन्त्री देउवा

  • रारा रैबार
  • २०७८ मंसिर २८, मंगलबार मा प्रकाशित
  • ५०१ पटक पढिएको
  • रारारैवार संवाददाता

    मंसिर २८ काठमाण्डौ

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगेका छन्।

    पौडेलले मंगलबार बिहान पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन देउवा लैनचौरस्थित ब्यान्क्वेटमा पुगेका हुन्।

    मंगलबार बिहान सम्पन्न मतगणना अनुसार देउवा कांग्रेस सभापतिमा पुनः निर्वाचित हुन ८२ मतले चुके। कसैले पनि बहुमत ल्याउन नसकेपछि कांग्रेस नेतृत्वका लागि आजै अपरान्ह बजे पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ।

    उक्त मतदानमा बहुमत ल्याउन यतिबेला देउवा दौडधूप गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस