आज: २०८२ अषाढ १७, मंगलबार
ePaper
होमपेज /  Breaking News

सुनको मूल्य बढ्यो‚ चाँदीको घट्यो

  • रारा रैबार
  • २०७८ माघ ११, मंगलबार मा प्रकाशित
  • ८९८ पटक पढिएको
  • काठमाडौं : नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ तोकिएको छ।

    यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको छ। सोमबार प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रूपैयाँ घटेको छ। मंगलबार प्रतितोला एक हजार ३०० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस