आज: २०८२ अषाढ २२, आईतबार
ePaper
होमपेज /  Breaking News

प्रेस चौतारी मुगुको अध्यक्षमा देवकोटा

  • रारा रैबार
  • २०७८ फागुन १२, बिहिबार मा प्रकाशित
  • ७४१ पटक पढिएको
  • मुगु : नेकपा एमालेको शुभेच्छुक संगठन नेपाल प्रेस चौतारी मुगुको अध्यक्षमा प्रकाश देवकोटा र्निविरोध चयन भएका छन । नेकपा विभाजन संगै अस्तब्यस्त बनेकोे प्रेस चौतारीको मंगलबार पुन गठन गरेर प्रकाश देवकोटाको नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो ।

    जसमा अध्यक्ष प्रकाश देवकोटा ,उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा गणेश खड्का सह सचिवमा रवि हमाल लगायत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको प्रेस चौतारी मुगुले जनाएको छ ।

    नेकपा विभाजन संगै एमाले फुटेर समाजवादि पाटी निमार्ण भएसंगै प्रेस चौतारीका पहिलेका अध्यक्ष सहित केहि सदस्य समाजवादिमा प्रबेश गरेसंगै अस्तब्यस्त बनेको संगठनलाइ पुन नयाँ नेतृत्वका साथ गठन गरेर पुर्णता दिएको प्रेस चौतारी मुगुका अध्यक्ष प्रकाश देवकोटाले बताए ।

    उनका अनुसार प्रेस चौतारीको राष्टिय सम्मेलन प्रदेश सम्मेलनपनि नजिकै आइरहेकाले प्रेस चौतारीको जिल्ला कमिटि सहित प्रदेश पार्षद,केन्दिय पार्षद पनि र्निविरोध चयन गरिएको अध्यक्ष देवकोटाले बताए । अध्यक्ष देवकोटा हाल ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत छन ।

     

    प्रतिक्रिया दिनुहोस