आज: २०८२ अषाढ १७, मंगलबार
ePaper
होमपेज /  Breaking News

एमसीसीको पक्षमा उभिने गठबन्धनमा सहमति, आजै संसदबाट पास हुने

  • रारा रैबार
  • २०७८ फागुन १५, आईतबार मा प्रकाशित
  • ११६८ पटक पढिएको
  • काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्न सहमत भएको छ।

    व्याख्यात्मक टिप्पणीससहित एमसीसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। उनले आजै एमसीसी अनुमोदन हुने बताए।

    एमसीसीमा गठबन्धनको साथ नपाएपछि प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर छलफलमा रहेको थियो। हिजो पनि एमालेसँग कांग्रेसको छलफल चलिरहेको बेला माओवादी र समाजवादीको आकस्मिक बैठक बसेको थियो। सो बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

    बैठकाबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने पार्टीको संस्थागत निर्णय गर्न बालुवाटारबाट निस्किएका छन्।

    बालुवाटारबाट बाहिरिँदै नेपालले भने, व्याख्यात्मक घोषणाका सम्बन्धमा हामीले पार्टीमा छलफल गरेर निर्णय लिनुपर्छ। आजलाई कुर्दिनुस् भन्दा प्रधानमन्त्री देउवाजीले हुँदैन, छलफल त आज अगाडि बढाउनैपर्छ भन्नुभयो। म पार्टीको बैठक भएकाले निस्किएँ।’

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ। सो बैठकले आधिकारिक निर्णय लिने छ।

    प्रतिक्रिया दिनुहोस