कृषि बिकास बैङ्गकको ३७ लाख कर्जा अशुली गर्न समस्या
रारा रैबार२०७५ चैत्र १८, सोमबार मा प्रकाशित९७९ पटक पढिएको ![]()
रारा रैवार सम्वाददाता
चैत १८ मुगु
जिल्ला कृषि बिकास बैक मुगुको ३७ लाख कर्जा अशुली गर्न समस्या भएको छ । २०७० साल देखि स्वरोजगार कर्जा र नियमित कर्जागरी ३७ लाख कर्जा अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङक मुगु शाखाले जनाएको छ ।
४१ जना संग स्वरोजगार कर्जा र १० जना संग नियमित कर्जा गरी ५१ जना ग्राहक बाट कर्जा सवा ब्याज अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङ्गक मुगु शाखाका प्रवन्धक जनक बहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार बारम्बार ग्राहकहरु लाई मौखिक र लिखित जानकारी संगै ताकेता गर्दा पनी ग्राहकले नसुनेको जस्तै गरेको बताउनुभयो । एक हप्ता भित्र सवा ब्याज नबुझाएका धितो लिलाम गरीने कृषि बिकास बैक मुगुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस