आज: २०८२ अषाढ १७, मंगलबार
ePaper
होमपेज /  Breaking News

भ्रष्टचार कमिसन नखाने भन्दै देेउताको घण्ट छोएर नगर प्रमुख भामद्धारा पदभार ग्रहण

  • रारा रैबार
  • २०७९ जेष्ठ ७, शनिबार मा प्रकाशित
  • ९५५ पटक पढिएको
  • रारा रंवार , मुगु ६ जेठ
    जिल्लाको छायानाथ रारा नगरपालकाका नव निर्बाचित मेयर बिष्णु कुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर ज्यूको घण्ट छोएर शुक्रबार पदभार ग्रहण गरेका छन ।आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन ।त्यति मात्र नभएर भामले जनताको नाममा आएको रकम प्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रबाह छिटो छरितो गर्ने बाचा कसम खाएर प्रसिद्ध देबताका २ वटा घण्ट समाति पदभार समालेका छन । नगर बाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने ५ बर्षको पारिश्रम बजेट बाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता गरेका छन ।नगरका सम्पूर्ण बस्तीमा बिद्युत सेवा बिस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको ब्याबस्था मिलाउने भामले बाचा गरेका छनउनले वडाअध्यक्ष हुदा पनि ५ बर्षको पारिश्रम रकम नगरका सबै बस्तीस्तरका गरिव दलित जेहेन्दारलाई राहत बितरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस