नन्द बहादुर रोकाया
जेठ २१ मुगु
नेपालको सबै भन्दा ठुलो ताल रारा जोड्ने पर्यटन पदमार्ग र सभाहलको एकै दिन शिल्यानास गरिएको छ । छायाँनाथ रारानगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जिल्ला सदरमुकामबाट छोटो दुरीमा रारा पुग्ने पर्यटन पदमार्ग र सभाहलको बुधबार शिल्यानास गर्नुभएको हो ।
सदरमुकाम गमगढीबाट छोटो र पर्यटकहरुका लागी आनन्दही यात्रामा रारा पुग्न सकिने छायाँनाथ रारा नगरपालिकाका वडा नं ३ तलितुम –लामाचौर–पासाहाल्न सम्मको ४ किलोमिटर पर्यटन पदमार्ग र वडा नं २ अन्तरगत पर्ने पारिपाखामा निमार्ण हुन लागेको सभाहल,कर्भड हलको बुधबार एकै दिन शिल्यानाश गरि निमार्ण कार्य अगाडि बढाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोकाकान्त पाण्डेले बताए ।
आर्थिक बर्ष ०७६ र ०७७ को नगरसभाबाट ५५ लाखको रारा जोड्ने पर्यटन पदमार्ग र ७० लाखको सभाहल, कर्भड हल निमार्णको लागि रकम विनियोजित गरीएको र सोहि रकम अनुसार निमार्ण कार्य अगाडि बढाईएको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिनु भयो ।
सभा तथा कर्भड हलको लागि नगरपालिकाको तर्फबाट ७सभा तथा कर्भड हलको लागि नगरपालिकाको तर्फबाट ७० लाख र जनसहभागित बाट २२ लाख ५८ हजार ८८२ गरी कुल यो आबमा ९२ लाख ५८ हजार ८८२ रुपयाँको लागतमा निमार्ण हुने यो योजना क्रमाक्रत रहेको, ५५ लाख नगरपालिकाको तर्फबाट र ३ लाख जनसहभागिताबाट गरी ५८ लाखमा रारा जोड्ने छोटो दुरीको ४ किलोमिटर पर्यटन पर्दमार्ग निमार्ण गरिने छ ।
चालु आबको असार मसान्त सम्म पदमार्ग निमार्ण कार्य सम्पन्न गर्ने गरि उपभोक्ता समितीले नगरपालिकासंग सम्झौता गरेको छ ।जिल्लामा सभा तथा कवर्ड हल नहुदा खेलकुद तथा सार्वजनिक भेला आमसभा तथा अन्य कार्यक्रम गर्नु पर्दा सदरमुकामा रहेको श्री महाकालि नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा गर्नुपर्ने र विद्यालयमा कार्यक्रम हुदा सधै बिद्यार्थिकोे पठन पाठनमा समस्या हु्ने भएकाले सभाहल तथा कवर्ड हलको आवश्यकता महशुस गरी छैठौ नगर सभाले क्रमागत बजेट विनियोजन गर्ने गरि योजना छनौट गरेको थियो ।
यता जिल्ला मै रहेको नेपाल कै ठुलो ताल रारा हेर्न आउने पर्यटकहरु सदरमुकाममा नआएर सिधै पिना–सल्लेरी हुदै रारा जाने गरेको र सदरमुकामा्े सिरानमा रहेको नेपाल कै ठुलो तथा पर्यटकिय तालबाट सदरमुकामबासीले फाईदा लिन नसकेकाले सदरमुकाममा पर्यटकको बसाई लम्बाउन र रारा छिटो पुग्नका लागी साविकको गमगढी–रारा विमान स्थल–सल्लेरी–रारा सडक १५ किमी टाढा भएकाले तलितुम–लामाचौर–पासाहाल्न–रारा सडक १० किमी दुरी कम हुने भएकाले पर्यटनमार्गको रुपमा निमार्ण गर्न लागिएको पनि नगरप्रमुख शाहीले बताए ।
पर्यटन पर्दमार्ग रारा जोडिए रारा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ भने सदरमुकाम लगायत यो सडकको विचमा पर्ने बस्तिहरुमा गा्रमिण पर्यटन प्रर्वधनमा टेवा पुग्ने र सभाहल तथा कर्भड हल निमार्ण भए जिल्लामा खेल क्षेत्रको बिकास हुनुका साथै प्रतिभा भएर पनि संरचना नहुदा ओझेलमा परेका खेलाडीहरुको क्षमता प्रर्दशन गर्ने मौका पाउने वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाईले बताए ।
प्रतिक्रिया दिनुहोस