आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

निर्वाचनका लागि कर्मचारी खटन पटनमा असन्तुष्टि

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ५०४ पटक पढिएको
  • दान बहादुर बुढा
    बैसाख २७ मुगु
    आगामी बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रमा खटाईने कर्मचारीलाई भेदभाव गरिएको भन्दै कर्मचारीहरु असन्तुष्ट देखिएका छन ।
    निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्मा कर्मचारी खटाउदा मतदान अधिकृत अधिकृत स्तरको कर्मचारी खटाईनु पर्ने यदि अधिकृत स्तरको कर्मचारी नभए नायब सुब्बा स्तरको कर्मचारी खटाउनु पर्ने भए पनि तल्लो तहका कर्मचारीहरुलाई  मतदान अधिकृत र सहायक मतदान अधिकृतमा खटाएको र माथिल्लो स्तरका कर्मचारीलाई सहायक कर्मचारीका रुपमा खटाएको प्रति कर्मचारीहरुले असन्तुष्टि जनाएको छ ।
    नायब सुब्बा स्तरको सिनियर कर्मचारी भए पनि  कार्यालयले आफुलाई सहायक स्तरको कर्मचारीको ठाउँमा खटाएर अपमान गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक तेजविक्रम मल्लले जानकारी दिए । कार्यालयले आफुलाई अपमान जनक तरिकाले सहायक स्तरको कर्मचारीका रुपमा निर्वाचनमा खटाएकाले त्यस्तो स्थानमा नजाने भन्दै लिखित जानकारी कार्यालयलाई गराईसकेको मल्लले बताए । त्यस्तै माध्यामिक तहका सिनियर शिक्षकलाई सहायक मतदान अधिकृत र प्राथामिक तहका शिक्षकलाई मतदान अधिकृत बनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपमान गरेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक विक्रम शाहीले बताए ।
    जिल्लाभरका ६० मतदान केन्द्रका लागि ३ सय २१ कर्मचारी खटाउनु पर्ने भएकाले त्रुटी छैन भनेर भन्न नसकिने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायले बताए । कर्मचारी खटन पटनमा कमि कमजोरी भएमा सम्बन्धित कर्मचारीले गुनासो ल्याए त्यसको सम्बोधन गरिने पनि उपाध्यायको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस