आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

नेकपा माआवादी विप्लव समुहद्धारा निर्वाचन हुन नदिने तयारी

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ३९५ पटक पढिएको
  • दान बहादुर बुढा
    मुगु
    नेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनिती तयार गरेको बुझिएको छ ।
    छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा आफ्नो पकेट क्षेत्र भएको र त्यस गाउँमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने तयारीमा लागेको बताईएको छ । विशेष गरि उसले वडा तहमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट चुनावका लागि खडा भएका उम्मेदवारलाई अपहरण गर्ने सम्मको रणनिती तय गरिएको भन्ने बुझिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
     जिल्लाका अन्य क्षेत्रमा विप्लव समुहको प्रभाव शुन्य प्राय ः देखिएको र शोभा गाउँमा केहि उसका समर्थक देखिएकाले उनिहरुले धम्कि मात्र दिएको गरो छन । यसरी उम्मेदवारलाई अपहरण गर्ने कुरा जानकारीमा आए पछि सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्र्रहरी त्यस तर्फ पठाउने तयारी भईरहेको बुढाले बताए । जिल्लाभर अन्य क्षेत्रमा अवस्था शान्तिपुर्ण नै रहेको तथा मतदान केन्द्र खटिने कर्मचारी तोकिएको स्थानमा पुग्ने क्रम जारी रहेको उनले बताए । निर्वाचन अवरोधका लागि माओवादी विप्लव समुहका नेता कार्यकर्ता बाहिरी जिल्लाबाट समेत आएको जानकारी आफुले पाएको र निर्वाचनलाई शान्तिपुर्ण बनाउन उच्च सुरक्षा सर्तकर्ता अपनाईएको निर्वाचन सुरक्षाका लागि जिल्लाभर ३ सय ५७ जना म्यादी प्रहरी , ३ सय ३३ जना नेपाल प्रहरी  ८१ जना सशस्त्र प्रहरी र नेपालीलाई  एक नगरपालिका , तिन गाउँ पालिकाका सबै मतदान केन्द्रमा परिचालन गरिएको  र जिल्ला प्रहरी कार्यालयका डि एस पी सारदा प्रसाद चौधरीले बताइका छन जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस