जीवन सेजुवाल
गमगढी ः वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि आईतवार सदरमुकाम गमगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
जिल्ला अदालत रहेको भवनमा नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिए पछि निर्वाचन एक नगरपलिका र तिन गाँउपालिकाको निर्बाचन सम्बन्धि काम सुरु गर्नका लागी स्थापना गरिएको हो ।
जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत पुर्णेश्वरप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार मतपत्र,मत पेटिका र मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गरिने मुख्य निर्वाचनको अधिकृतको कार्यालयलाई हुने र बाँकि प्राविधिक काम जिल्ला निर्वाचन कार्यालयलाई हुने भएको छ ।
अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयका लागि ११ जना कर्मचारी व्यवस्था गरिएको र १२ गते देखि अन्य तिन गाँउपालिकको कार्यालय स्थापना भई कार्य संचालन हुने छ । उम्मेदवारको मनोनयन दर्ता लगायतका निर्वाचन सम्बन्धि कामहरु बढि हुने भएकाले त्यसलाई सहज बनाउन थप जनशक्ति व्यवस्थापन गर्न सकिने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले बताए ।
जिल्लामा एक नगरपालिका, तिन गाउँ पालिका तथा ४५ वडाहरुका लागी ६० मतदान केन्द्रमा निर्बाचन हुने मुख्य निर्बाचन कार्यालयले जानकारी दिएको छ ।
फोटो क्याप्शन ः जिल्ला अदालतको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको साईन बोर्ड ।
प्रतिक्रिया दिनुहोस