आज: २०८१ माघ ७, सोमबार
ePaper
होमपेज /  Breaking News

विद्यालय खुले तर किताब पुगेन, रित्तो हातमा विद्यार्थी विद्यालयमा

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ३७३ पटक पढिएको
  • सुमन मल्ल
    बैशाख १७ मुगु
    शैक्षिक सत्र २०७४ सुरु भएको करिब महिना दिन पुग्न लागे पनि जिल्लाका केहि क्षेत्रमा अझैसम्म पुस्तक पुग्न सकेको छैन ।
    शैक्षिक सत्र सुरु भएर विद्यालय खुले पनि पुस्तक नपुग्दा रित्तो हात विद्यार्थी विद्यालय पुगेर दिनभरि खेलेर घर फर्किने गरेका छन । जिल्लाका अन्य क्षेत्रमा पुस्तक पुगे पनि पश्चिम खत्याड भेगको खत्याड गाउँ पालिकामा अहिलेसम्म पुस्त नपुग्दा अन्यौलता बढेको स्थानीवासी दानबहादुर रावतले जानकारी दिए । विद्यालयमा पुस्तक नपुगे पछि शिक्षकहरुले विद्यालय खोलेर दिनभरि घाममा बस्ने बाहेक अरु  केहि काम नभएको उनले बताए ।
    जिल्लाका अन्य सबै क्षेत्रमा पुस्तक पुगेर पढाई सुरु भई सके पनि खत्याड भेगमा पुस्तक पुग्न नसके पछि पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरी सेन्टर मुगुलाई ताकेता गरिरहेको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले जानकारी दिए । विक्रेताले सिंजाको गोठी ज्युलाबाट गाडीमा पुस्तक खत्याड पु¥याउने भने पनि एक महिना देखि बाटो अबरुद्ध भएको र खच्चड बाट ढुवानी गर्दा धेरै महंगो भएकाले पुस्तक समयमा नपुगेको जवाफ दिने गरेको हमालको भनाई छ । गाडी बन्द भएको र खच्चडमा ढुवानी महंगो भने पनि कुनै विकल्प खोजेर तत्काल विक्रेतालाई पुस्तक पु¥याउन निर्देशन दिई सकेको कार्यालयको भनाई छ ।
    जिल्लाका अन्य क्षेत्रका सबै विद्यालयहरुमा पुस्तक पठाए पनि खत्याडमा पठाउनु पर्ने पुस्तक गोठि ज्युलामा थन्किएका छन । एक महिना देखि गोठि ज्युला खमाले सडक खण्ड अन्र्तगत बुडु खण्डमा अडक अबरोध भईरहेकाले समयमा पुस्तक नपुगे पनि शनिवार नै ६ कक्षा देखि १० कक्षा सम्मको पुस्तक खत्याडको माथी चौरमा पुगि सकेको पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरीका सञ्चालक लक्ष्मी भामले बताए । एक महिना देखि सडक अबरुद्ध भएको र खच्चडबाट ढुवानी गर्दा गाडी भन्दा प्रति केजीमा २० रुपैया महंगो पर्ने भएको उनले बताए । लामो समयसम्म गाडी सञ्चालन हुने अवस्था नआए पछि घाटा भए पनि महंगो ढुवानी तिरेर भए पनि पुस्तक सम्बन्धित स्थानमा पठाउन सुरु गरि सकेको भामको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस