आज: २०८१ चैत्र ८, शनिबार
ePaper
होमपेज /  Breaking News

सामाजिक सञ्जाललाई समेत लाग्नेछ मौन अवधिको आचारसंहिता

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ४८३ पटक पढिएको
  • २८ बैशाख, काठमाडौं । फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्ने र विपक्षीको उछितो काढ्नेहरुले आज मध्यरातपछि होसियार हुनुपर्नेछ ।

    मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

    मौन अवधिमा एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।
    उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एस.एम.एस, फेसबुक, ट्वीटर, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन कानुनमा उल्लेख छ ।
    यदि आचारसंहिता उल्लंघन गरेको सन्दर्भमा उजुरी परेमा त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निर्वाचन आयोगले कारवाही गर्नेछ ।
    स्थानीय तहको निर्वाचनमा सामाजिक फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ ।
    स्रोत अनलाइन खबर 

    प्रतिक्रिया दिनुहोस