सोमवार सदरमुकाम गमगढीमा पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन तथा त्यसको उपचारका लागि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान , क्यान्सर विभाग विर अस्पताल काठमाण्डौको आयोजना र जिल्ला स्वास्थ्य कार्यालय मुगुको समन्वयमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा दुई सय २८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गराएका मध्य १ सय ७६ जनालाई औषधी वितरण गरिएको, ५३ जना महिलाको पाठेघरमा जमेको पानी परिक्षणका लागि काठमाण्डौ लगिएको र प्रयोगशाला पछि क्यान्सर भए नभएको जानकारी गराउने र यदि क्यान्सर भएकालाई उपचारका लागि काठमाण्डौ बोलाउने शिविरका लागि आएको स्वास्थ्य टोलिका सदस्य टिकाराम पनेरुले जानकारी दिए ।
पनेरुका अनुसार ५७ जना महिलामा पाठेघर सम्बन्धि विभिन्न रोग लागेका तर रोगको पहिचान भए पनि उपचार नपाएका पाईका छन । त्यस्तै ७ जना महिलामा पाठेघर खसेका भेटिका र ६ जनालाई रिङ्ग प्रेसरी राखिएको छ । एक दिने शिविरका लागि क्यान्सर विभाग विर अस्पतालबाट डाक्टर विवेक आचार्य, डाक्टर प्रदिप भण्डारी र डाक्टर अस्मिता रायमाझि सहित २० जना स्वास्थ्यकर्मिको टोली मुगु पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस