जिल्लाको पुर्वि भेगका विभिन्न हिमाली पाटन क्षेत्रमा पाई यार्सा गुम्बा संकलनका लागि आउदो जेठ २० गते वन प्रबेश अनुमति दिईने भएको छ ।
सोमवार जिल्ला समन्वय समितिमा बसेको सर्व दलिय बैठकले मुगुम कार्मारोङ गाउँ पालिकाका संयोजक छिरिङ क्याप्ने लामाको संयोजकत्वमा यार्सा संकलन मुल व्यवस्थापन समिति गठन गरेको र मुल समितिले गाउँ पालिकाको वडा नम्बर २ मा निर्वाचित पदाधिकारीहरुलाई यार्सा संकलन तथा व्यवस्थापनको मुख्य जिम्मेवारी दिईए पछि जेठ २०
गते यार्सा संकलनका लागि वन प्रबेशको अनुमति दिईएको हो ।
वन प्रबेशका लागि रसिद काट्ने जेठ १६ गते देखि १९ गतेसम्म रहने छ भने त्यसका लागि प्रबेश शुल्क जिल्ला भित्रका लागि एक हजार पाँच सय र जिल्ला बाहिरकका लागि दुई हजार लिईने यार्सा संकलन तथा व्यवस्थापन समिति मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर २ मुगुले जनाएको छ । यार्सा संकलन गर्न जानेले आफ्नो परिचय खुल्ने कागजातहरु अनिवार्य साथमा बोक्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस