जेष्ठ २४, मुगु, परम्परागत काठका जोडिएका घर,उच्च टाकुरामा बजार,दक्षिणमा खोला,पुर्वमा नदी र पश्चिममा रारा ताल सुन्दा रमाईलो र सुन्दर सदरमुकाम भएजस्तो लागेपनि यिनै संरचना र भुबनोटका कारण मुगु जिल्ला सदरमुकाम विभिन्न प्रकोपको उच्च जोखिममा रहेको सरोकारवालाहरुले निस्कर्ष निकालेका छन । कारितास नेपालको सहयोग र साझेदारी सहयोग केन्द्र समन्वयमा जिल्ला सदरमुकाम गमगढीमा आयोजित प्रकोप यूनिकरण र जलबायु अनुकुलन कार्यक्रम र नेपाल रेड्क्रस सोसाहीटी शाखा मुगुले केही दिन पहीले जिल्लामा सरोकार वालानिकायहरु गरीएको केही छलफल र कार्यशालामा सहभागी सरोकारवालहरुले जिल्ला सदरमुकाम गमगढी मानव सुजित र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको निस्कर्ष निकाल्दै समयमा सम्वन्धित निकाय सजक रहन आग्रह समेत गरेका छन । सदरमुकाम गमगढी उच्चदैबिक प्रकोकमा रहेका भन्दै पुर्वमा रेडक्रस शाखाको कार्यालय,पश्चिममा नेपाली सेनाको सदरमुकाम सुरक्षा पोष्ट,दक्षिणमा हुलुम खोला र उत्तरमा जिल्ला अस्पताल यी चार सिमा भित्र रहेको जिल्ला सदरमुकामलाई केन्द्र बनाई सम्भावित जोखिमको नक्शाङ्गकन गरी सदरमुकाम उच्च जाखीममा सहेका नक्सा समेत सार्वजनिक स्थानमा राखीएको छ । जस अनुसार रेडक्रसबाट नयाँ सडक हुदै खाद्य सस्थानको कार्यालयसम्म बजारबाट निस्कने ढल र बर्षाको पानिले कटान गर्ने,जिल्ला विकास समितीको भवनबाट थापा बोडिङ्ग स्कुल सम्मको दक्षिण तिरको भाग हुलुम खोला र बर्षाको पानी तथा ढलको पानीले बजारको कटान,भुक्षय र उच्च आगलागी,जिल्ला अस्पताल,शिक्षा कार्यालय आसपास बाढीको र महिला तथा बाल बालिका कार्यालय देखि रारा क्याम्पससम्म पहिरोको जोखिममा रहेको देखाईएको थियो । उच्च थुम्कोमा सदरमुकाम रहेको हुदा कुनै पनि बेला ठुलो भुकम्प गएमा पुरै सदरमुकाम ध्वस्त हुने र भाग्दा चारै तिर भिरालो जमिन भएकाले धनजनको ठुलो क्षती हुने पनि बताईएको थियो । लस्करै एक आपसमा जोडिएर बनेका घरका कारण विधुत सर्ट भएर वा मानविय गल्तीका कारण कुनै पनि घरमा आगलागी भएमा आगो नियन्त्रणमा लिन ग्राहो हुने र पुरै बजार खरानीमा परिणत हुने उच्च सम्भावना रहेको पनि बताईएको थियो । आगलागी भएमा नजिक तथा भण्डारण गरेको पानी नहुदा झन समस्या हुने भएकाले सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट बच्न आपतकालिन पानी ट्याङ्गक,बजारको ढल निकास,दक्षिण तिरको हुलुम खोलामा पानी गती रोक्न तटबन्धन बनाउन ध्यान दिनु पर्ने पनि सहभागीहरुले सुझाव दिएका थिए । सदरमुकाम गमगढी आगलागी,पहिरो,कटान,बाढी र भुकम्पिय उच्च जोखिममा रहेको क्षेत्रगत नशाङ्गन गरिएको नक्सा सबैको जानकारीका लागी बजारका मुख्य मुख्य चोकहरुमा राख्ने र जोखिम न्युनिकरणका लागी सम्वन्धित निकायहरुलाई समय मै कदम चाल्न दवाव दिन सहयोग होस भनेर उक्त नक्सा जिल्ला दैवी प्रकोप उद्घार समितीले जिल्लाको सावजनिक स्थानमा राखीएको छ भने जिल्लाको सरोकारवाला निकायले पहल गनुप्रने स्थानिय बासी बिनोद कुमार मल्लको भनाई रहेको छ । यही जेष्ठ ३१ गते निवाचित भएका छाँयानाथ रार नगरपालीका मुगुका नगर प्रमुख हरीजङ्क शाहीका अनुसार नगरपालीकाको रकम र अन्य सरोकारवालाहरु संग समनय गरी एक बर्ष भित्र ग्याबिन जाली बिरुवा रोप्ने जनचेतनाको काम गर्ने र उच्च जोखीममा रहेको गमगढी बजारलाई संरक्षण गर्ने समेत बताएका छन । जिल्लामा दैबिक प्रकोपको क्षेत्रमा बिभिन्न सरकारी गैर सरकारी निकायले बाडी पैरो भुक्षेको काम गदै आए पनि गमगढी बजार उच्चजोखीममा रहेका यसको रोकथाम नियन्त्ररणको काम भने कुनै पनि निकायले गदै आएका छैनन् । गमगढी बजार देखी तुम सम्मको भुवाक सम्म दिन प्रतिदिन भासीदौ गएको हुदा बिगतको समयमा जिल्ला बिकास गाँउ परीसद बाट गमगढी जोखीममा रहेको भन्ने बिषयलाई निणय गरी सरोकारवाला निकायमा पुर्याउने हिसाबले पहल गरीएको र नेपाल रेड्क्रश सोसाईटी मुगुले बिरुवा लगाउने जनचेतना जगाउने काय समेत गरेको रेड्क्रस सोसाहीटी मुगुका मन्त्री जय बहादुर मल्लले बताएका छन ।
प्रतिक्रिया दिनुहोस