आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सम्बन्धि अनुशिक्षण सम्पन्न

  • रारा रैबार
  • २०७४ जेष्ठ २६, शुक्रबार मा प्रकाशित
  • २३९ पटक पढिएको
  • रारा रैवार ,मुगु जिल्ला स्थित सबै सरकारी कार्यालयमा कार्यरत आर्थिक प्रशासनसंग सम्बन्धित प्रमुखहरुसंग शुक्रवार एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सरकारी कार्यालयहरुमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व र कर्मचारीहरुमा आर्थिक अनुशासन कायम गर्न मद्दत पुगोस भन्ने उदेश्यले अनुशिक्षण आयोजना गरिएको हो । सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सचिवालय र कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका कार्यालय प्रमुख , लेखा प्रमुखहरुको सहभागिता भएको थियो । सरकारी कार्यालयको खर्च व्यवस्थापन , सार्वजनिक खर्च तथा वित्त व्यवस्थापन सम्बन्धि प्रचलित कानुन तथा आर्थिक प्रशासनमा संलग्न हुने अधिकारीको काम कर्तव्य र अधिकारका विषय प्रस्तुती गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस