जिल्ला भर धान रोपाई गर्ने कार्य असी प्रतिशत सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सदरमुकाम क्षेत्रमा पानी परिरहेको तथा खत्याड र सोरुमा सिचाई व्यवस्था भएकाले यो वर्ष समयमा नै ८० प्रतिशत रोपाई सम्पन्न भएको छ भने सुख्खा क्षेत्रमा रोपाई हुन बाँकि रहेको कार्यालयले जनाएको छ । जिल्लाको कुल खेति योग्य जमिन १९ हजार ३ सय ४० हेक्टर रहेकोमा वर्ष भरि सिचाई हुने जमिनिको क्षेत्रफल १ हजार ५० हेक्टर अर्थात ५ दशमलव ४ प्रतिशत रहेको छ भने आंशिक रुपमा सिचाई हुने जमिन ८ सय ४४ हेक्टर रहेको कार्यालयको तथ्याकं छ ।
कुल खेती गरिएको जमिन १८ हजार ४ सय २१ हेक्टर मध्य असिंचित १७ हजार ४ सय ४६ हेक्टर अर्थात ९० दशमलव २ प्रतिशत रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामसुरथ पालले जानकारी दिए । हिजो आज देखि जिल्लाभर वर्षा हुन थालेकाले असार अन्त्यसम्म शत प्रतिशत धान रोपाई सम्पन्न हुने उनले बताए । केहि दिन अघि सम्म वर्षा नहुँदा जिल्लाका सोरु र खत्याड क्षेत्रका कृषकहरुले धान रोप्न सकेका थिएनन भने अन्य कृषिबाली खेतमा नै सुक्न थाले पछि चिन्तित बनेका थिए ।
प्रतिक्रिया दिनुहोस