आज: २०८१ आश्विन २२, मंगलबार
ePaper
होमपेज /  Breaking News

ब्यबहारमा परिबर्तन र पोषण सुधार तालिम

  • रारा रैबार
  • २०७४ श्रावण ६, शुक्रबार मा प्रकाशित
  • २४८ पटक पढिएको
  • ०३ साउन,मुगु
    गमगढीः जिल्ला सदरमुकाम गमगढीमा आजबाट व्यवहार परिवर्तनमा सञ्चार तथा सकरात्मक भिन्न व्यवहार पोषण सम्बन्धि  पाँच दिने  तालिमको शुरुवात भएको छ ।
    केयर नेपालको आर्थिक सहयोगमा अवसर परियोजनालाई मुगुमा पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) र बाजुरमा गिफ्ट बाजुुराद्धारा सञ्चालनमा रहेका छन् ।पाँच दिन सम्म संचालन हुने तालिममा डा .देबिका ज्ञवालि र एस.के बस्नेतले सहजीकरण गर्ने आयोजक संस्था केयर नेपालल का परियोजना प्रबन्धक राम सिंह ठगुन्नाले जानकारी दिएको छ । तालिमम  कार्यक्रम लागु भएका बाजुरा र मुगुका २६ जना कर्मचारी सहभागि रहेका छ भने परियाजोना को कार्यक्रम मुगु र बाजुरा मा साविक का १० -१० गा.वि.स मा संचालन रहेको छ । सो तालिमको उद्घाटन शत्रमा सहभागिहरुले बालबालिकामा देखा पर्ने कुपोषण न्यनिकरण र्गनका लागी सकरात्मक सोचको आबश्यकता रहेको बताएका थिए ।
      परियोजनाले विषेस गरि शिक्षाका क्षेत्रमा मुख्य गरि तथा स्वास्थय, कृषि एवम पोषणका क्षेत्रमा पनी काम गर्ने भएकाले दुवै जिल्लामा अवसर परियोजना सञ्चालित गाविसहरुमा पोषणका क्षेत्रमा बिभिन्न जानकारी सहज रुपमा पुगोस भन्नका लागी सामाजिक परिचालकहरुका लागी तालिमको आयोजना गरिएको केयर नेपालका सञ्चार प्रमुख   सुमन गिरीले बताउनुभएको छ ।  
    कार्यक्रममा बोल्दै जिल्ला स्वास्थय कार्यालय मुगुका डां जितेन्द्र कडेलले बाजुरा र मुगुमा पनी पोषणको स्थिती राम्रो नपाईएकाले यसलाई सबै सरोकारवाला तथा सम्बन्धित निकायको सहयोगमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । पोषणका बारेमा जानकारी तथा त्यसको अवस्था आवश्यक भएमा जिल्ला स्वास्थय कार्यालयले त्यसमा सहयोग गर्नेमा समेत उहाँले स्पष्ट पार्नुभएको थियो 
    यता, तालिमबाट सिकेका कुराहरुलाई सके सम्म व्यवहारमा लागु गर्दै समुदायलाई सिकाउन सामाजिक परिचालकहरुलाई सरोकारवालाहरुले आग्रह समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस