बिद्यार्थीको बिचल्ली, १६ लाख बराबरकाे क्षति, गैह्र सरकारी संस्थासँग सहयाेगका लागि अनुराेध
रारा रैबार२०७४ चैत्र १४, बुधबार मा प्रकाशित६४६ पटक पढिएको नन्द बहादुर कार्की , चैत्र १४ । मुगु
जिल्लाको पश्चिम भेग खत्याड गाउपालिका वडा न . ९ स्थित श्री शिव प्राथमिक विद्यालय नखर्जी डाँडाकाेटमा गत चैत्र ११ गते दिउसाे चलकाे हावाहुरीले विद्यालय भवनकाे छाना पूर्ण रूपमा क्षति बनाएकाे छ ।
ECD देखि ५ कक्षा सम्म पठन पाठन हुने यस विद्यालयमा दलित छात्रा ६३, छात्र ४३ र अन्य छात्रा २४, छात्र ३० गरी जम्मा १५० जना बालबालिका अध्ययन गर्दै अाइरहेकाे कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान राेकायाले बताउनु भएकाे छ । राेकायाका अनुसार “याे विद्यालयकाे छाना पटक पटक हावाहुरीले उडाउने गरेकाे छ ,याे चाैथाे पटक हाे । १ अान्तरिक, २ दरबन्दी, १ ECD सहयाेगी कार्यकर्ता र १ कार्यालय सहयाेगि सहित ५ जना शिक्षक तथा कर्मचारी रहेकाे यस विद्यालय भवन निर्माण पश्चात वर्षेनी हावाहुरीका कारण छाना उडाउने गरेकाे छ। विद्यार्थीकाे विचल्ली भएकाे छ । हामीले पटक पटक यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्र सरकारी संघ संस्थासँग सहयाेग माग्दै मर्मत सम्भार गर्दै अाइरहेका थियाै तर याे पटक ३ वटै भवनकाे छाना मात्र नभएर कक्षा काेठाका सेताेपाटी, डेस्क बेन्च, अन्य शैक्षिक सामाग्रीहरूमा पनि क्षति पुगेकाे छ । अव केहि दिनमै नयाँ शैक्षिक सत्र शुरू हुने भएकाले यस क्षेत्रमा काम गर्ने सम्पूर्ण सराेकारवाला निकायहरूसँग सक्दाे सहयाेग चाँडै गरिदिन अनुराेध गर्दछु । ”
विद्यालयका प्र.अ. रामचन्द्र कार्कीसँग सम्पर्क गर्दा प्रहरी मुचुल्का भैसकेकाे र अन्दाजी क्षति करिब १६ लाख भन्दा माथि रहेकाे बताउनु भएकाे छ । कार्कीले सहयाेगि संघ संस्थाहरूबाट सहयाेगकाे अपेक्षा रहेकाे र सकभर चाँडै सहयाेगकाे अाशा राख्नु भएकाे छ ।
वडा अध्यक्ष नरेन्द्र राेकायासँग सम्पर्क गर्दा अाफु गाँउबाट टाढा रहेकाेले चाँडै क्षति ग्रस्त विद्यालयकाे अवलाेकन गर्ने बताउनु भएकाे छ । उहाँले भन्नु भयाे “मर्मत लागि हामीसँग पर्याप्त बजेट छैन यसका लागि गाँउपालिका तथा यस क्षेत्रमा काम गर्ने सम्पूर्ण गैह्र सरकारी संस्थासँग सहयाेगका लागि अनुराेध गर्दछु ।”
प्रतिक्रिया दिनुहोस