आज: २०८१ फागुन ४, आईतबार
ePaper
होमपेज /  Breaking News

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

  • रारा रैबार
  • २०७४ चैत्र १६, शुक्रबार मा प्रकाशित
  • ५०३ पटक पढिएको
  • १६ चैत, मुगु। पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।
    मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।
    उनको स्वास्थ्य स्थितिप्रति गम्भिर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

    सूचना एवं समवेदना !

    भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ l उहाँको आत्माले शान्ति प्राप्त गरोस् ,
    कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !!

    प्रतिक्रिया दिनुहोस