आज: २०८१ चैत्र ८, शनिबार
ePaper
होमपेज /  Breaking News

आलु भनेर भित्राइएको ८ टन कुखुराको मासु वाईसीएलद्वारा बरामद

  • रारा रैबार
  • २०७४ चैत्र १९, सोमबार मा प्रकाशित
  • ५८४ पटक पढिएको
  • वाईसीएलले नियन्त्रणमा लिएको ट्रक
    १९ चैत, काठमाडौं । भारतबाट अवैधरुपमा भित्राइएको ८ टन कुखुराको मासु वाईसीएल चितवनले बरामद गरेको छ । गएराति बरामद भएको मासु र ट्रकलाई प्रहरीको जिम्मा लगाइएको छ । भैरहवा भन्सारबाट भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको ट्रकमा लोड गरिएको बोनलेस मासु बरामद गरेर रामनगर प्रहरीलाई जिम्मा लगाइएको हो । सो टोलीमा वाईसीएल इन्चार्ज मधु न्याैपाने, कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेल, वाईसीएल केन्द्रीय सदस्यहरु उत्तम गुरुङ र साजन अधिकारी, वाईसीएल जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसीएल भरतपुर महानगर १० का अध्यक्ष दिपन्द्र पण्डित, वडानम्बर २ का अध्यक्ष अमर तामाङ र भानु न्यौपाने सहभागी थिए ।
    वाईसीएल टोलीले नवलपरासीको दुम्कीबासबाट पिछा गर्दै रामनगर पानी ट्यांकीमा आएर ट्रकसहित मासु नियन्त्रणमा लिएका थिए ।भन्सारको कागजमा माछा, केराउ, मकै, आलु र आलु चिप्स उल्लेख भएपनि ट्रकभित्र हेर्दा मकै र चिप्सको बीचमा बोनलेस कुखुराको मासु भेटिएका वाईसीएल चितवनका नेता साजन अधिकारीले जानकारी दिए ।

    Source:https://www.onlinekhabar.com/2018/04/669485

    प्रतिक्रिया दिनुहोस