बोक्सी आरोपमा युवतीमाथि कुटपिट गर्ने भोलेबाबासहित ६ जना जेल चलान
रारा रैबार२०७४ चैत्र २०, मंगलबार मा प्रकाशित६९८ पटक पढिएको ![]()
२० चैत, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको छ।
घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।
पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।
Source:https://www.onlinekhabar.com/2018/04/669785
प्रतिक्रिया दिनुहोस