प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको अनुगमन गर्ने
रारा रैबार२०७५ अषाढ १५, शुक्रबार मा प्रकाशित८९३ पटक पढिएको ![]()
१५ असार रारा रैवार मुगु
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताउनुभएको छ । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयको
बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको उहाँले बताउनुभयो ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुर्नगठन गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो । सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि ,लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।
” भूकम्प पछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले केही बर्षभित्र नेपालमा गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस