मेस्सी दाई लाई मुगु बाट चिठ्ठी
रारा रैबार२०७५ अषाढ १७, आईतबार मा प्रकाशित७६१ पटक पढिएको असार १६ मुगु रारा रैवार मुगु
अर्जेन्टिनी टिम क्याप्टेन लियोनल मेस्सी लाई मुगुका समर्थकले चिठ्ठी लेख्न भ्याएका छन । अजेन्टिेनि टिमले हार्नु नै थियो, भने लिक आउट चरणमा हार्नु पर्ने बाहिरीनु पर्ने भन्दै मेस्सी समर्थकले मुगु बाट चिठ्ठी लेखेका हुन । मुगुका अर्जेन्टिनी समर्थकहरुले भने मेस्सी दाई अर्थात अर्जेटिना टिमले हार्नुनै थियो भने लिक आउट चरणमा हार्नु पर्ने अहिले आएर हार्दा यो संसारमा कोहि छैन जस्तो लाग्छ, मन भक्कानिएको छ मुटु जलेको छ, खाना मात्र होईन पानी खान पनी मन लाग्दैन । किन यस्तो भयो । आजको ग्रह दशा के हुन । केहि पनी बुझि नसक्नु छ । त्यहि पनि मन लाई शान्ती पार्न तथा मुगु लगायत विश्वका अजेन्टिनी समर्थको मनलाई सान्तोना पार्न यो सानो चिठ्ठी लेख्न मुगाली समर्थक युवा गईरहेका छन । यो हाम्रो लागी नभएर बिश्वका अर्जेन्टिना सर्मथक लाई शान्ती दिनको लागी हो । हार्नुका कारण पनि छन, त्यो अरुले बुझेका हुदैनन् अरुले हारे को मा खुसी व्यक्त गरेका छन । मेस्सी जो विश्वमा नाम चलेका खेलाडी हुन जस्को कुनै गल्ती छैन । मेस्सी एक असलखेलाडी हुन, “भनीन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनी बिक्दैन” त्यस्तै भयो आज मेस्सी खराब खेलाडी भएका भए अर्जेन्टिना टिमले फराकिलो अन्तरमाजित्थ्यो । तर असल खेलाडी भएर हार्नु पर्ने बाध्याता भयो । मेस्सीले अर्जेन्टीना लाई जिताउन हर बखत प्रयास गरे तर सकेनन् । मेस्सी संग राम्रा खेलाडी नभएर पनी आज आएर मेस्सी अर्थात अर्जेन्टिना टिमले यो दुरदर्शा भोग्नु प¥यो । ठिकै छ दाजु खेलमा हार जित हुन्छ । तर अपत्यारिलो हार हुदाँ मात्र मन भकानीयर केहि कुरा लेख्याको हौ । हामिलाई कसैले के सोच्का होलान, त्यो तिर हामि छैनौ । हामि छौ त केवल मेस्सी दाई अर्थात अर्जेन्टिना टिमले कसरी ह्रायो । हुन त फ्रान्सका लाई पेनाल्टी लक्की गोल हुन पुग्यो । यो नै फ्रान्सको जितको लक्षण हो, तर पनि बल अर्जेन्टिना टिमको पासमा बढी हुदाँ हुदै फ्रान्सले जितेको छ “हरो नपाउने लाई जाईफल” भने जस्तै भयो । ईन्जुरी समयमा गोल हार्नुनै फ्रान्स भन्दा अर्जेन्टिना टिम बलियो मानीन्छ । त्यहि पनि हार्न पुग्यो त्यसमा हाम्रो भन्नु केहि छैन । रुसमा जारी बिश्व कपको उपाधि जे होस पुराना भन्दा नया टिमले उचालोस हाम्रो शुभकामाना यहि छ । लेखक नन्द बहादुर रोकाया / गणेश खड्का
प्रतिक्रिया दिनुहोस