गाविसबासी प्रत्यक्ष लाभाविन्त हुने यो सडक पछिल्लो समय मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।सदरमुकाम देखि १० किलोमिटर अगाडि पिनागा बिस सम्म पुगेको सडकलाई वि।स। २०६८ सालमा साविकका तिन गा बि स कार्कीवाडा, श्रीनगर र पिना गा बि सको कर्णीली रोजगारको रकममा विस्तार गरी गमगढी बालै हुदै पिना सम्म पुर्याइएको थियो । त्यसपछि गएको बर्ष साविकको जिल्ला विकास समितिको सहयोगमा ५० लाखमा सडक मर्मत गरिएको भएपनि त्यो काम झारा टार्ने पैसा कमाउने प्रविधिले मात्र काम भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिद्धय सिङ्क नेपालीले बताए ।उनले भने,’सडक पुरानै गोरेटो बाटो जस्तै छ ।
यो समस्या बर्षेनी हुन्छ तर गमगढी बालै पिना सडकको स्तर उन्नतीको लागि कसैले चासो देखाएका छैनन।’सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका छन।सडक विस्तार भएको लामो समय भइसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा स्थानीय सरकार र जिल्ला स्थित राजनीतिक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयवासीले गुनासो गरेका छन । सडक जिर्ण बन्दै गएपछि विद्यार्थी वृद्धवृद्धालाई आवत जावतमा निकैै समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस