अधिनायक सरकार विरुद्ध मुगुमा पनी विरोध प्रदर्शन
रारा रैबार२०७५ श्रावण १५, मंगलबार मा प्रकाशित५०४ पटक पढिएको ![]()
नन्द बहादुर रोकाया
साउन १५ मुगु
नेपाली कांग्रेस मुगले अधिनायक सरकार विरुद्ध आज मुगु सदरमुकमा गमगढीमा विरोध प्रदर्शन गरेको छ । केपि शर्मा ओली नेतृत्वको बहुमतको सरकार भएपनी बहुमतको सरकारले जन्ताका भावाना लाई ख्यालनै नगरी मनलाग्दी रुपमा जन्ताका ईच्छा विपरित काम गरेको भन्दै आज मुगु सहित देशैभरका ७७ जिल्लाका सदरमुकाममा बिरोध सभाको आयोजना गरीएको हो ।
मुगु जिल्लामा भने नेपाली काग्रेश मुगुका का वरिष्ठ नेता तथा पुर्व शिक्षा मन्त्री हस्त बहादुर मल्लकाम नेतृत्वमा बिरोध सभा गरीएको नेपाली काग्रेश मुगुले जनाएको छ । नेपाली काग्रेश मुगुले सरकार विरुद्ध आज बृहत बिरोध सभाकोको जुलुस निकालेर मुगु सदरमुकमा गमगढी बजारका विभिन्न क्षेत्रमा नारा लगाउँदै मुगु सदरमुकाम गमगढी बजारमा प्रदर्शन गरेको थियो । बजार परिक्रमा पछि कृष्ण चोक अगाडि कोणसभाको आयोजना गरिएको हो ।
कोण सभामा बोल्दै नेपाली काग्रेश मुगुका का वरिष्ठ नेता तथा पुर्व शिक्षा मन्त्री हस्त बहादुर मल्लले केपि शर्मावली नेतृत्वको सकार अधिनायकवादी भएको र जनताको जिविका चलाउन धौ धौ भईरहेका बेला सरकारले मूल्य वृद्धि गरेकोले बाध्य भएर नेपाली काग्रेश सडकमा उत्रेको बताए । उनले भने कमन्युष्ट सरकारले जन्ता लाई घुडा टेकाउने छ त्यसका लागी जन्ता सजग रहन आग्रह गरे ।
नेपालकै ठुलो ताल रारामा बैशाख १ गते प्रधामनमन्त्री केपि शर्मा वली रारामा आउनुभयो उहाँ लाई रारामा ल्याउदा ९१ लाख खर्च भयो । राराको बिकासका लागी झुट्टा आश्वासन मात्रै दिनुभयो तर उल्टै सुन्दर रारातालको अस्तित्व मात्रै खस्कियो राराको बिकासका लागी बहुमतको सरकारले एक पैसा छुटाउन सकेन यहि हो बहुमतको सरकार भन्दै मल्लले भन्नुभयो कमन्युष्टको सरकार जन्ता दुखी भएको देख्ने सरकार हो ।
यो सरकार होजर सरकार हो जन्ताको भावना विपरित खन्दै जान्छ , जन्ताले दुख पाउदै जान्छन । त्यसैले जन्ताका हात पाखुरा छन मन लाग्दी रुपमा डोजर चलाउनु पदैन भन्दै नेपाली काग्रेशले बिरोध सभाको आयोजना गरेको नेता मल्लको भनाई थियो । बिरोध सभामा नेपाली काग्ेशका भातृ संगठनका नेता तथा कार्यकर्ता सहभागी भएका थिय ।
प्रतिक्रिया दिनुहोस