आज: २०८१ फागुन ४, आईतबार
ePaper
होमपेज /  Breaking News

कर्णाली प्रदेश रेडक्रसको संयोजकमा तिलक बहादुर मल्ल निर्विरोध चयन

  • रारा रैबार
  • २०७५ आश्विन ११, बिहिबार मा प्रकाशित
  • ४२५ पटक पढिएको









  •  मुगु ११ असोज
    नेपाल रेडक्रस सोसाईटी शाखाकार्यलय मुगका सभापती एवम केन्दीय सदस्य तिलक बहादुर मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको छ ।विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गदै आउनुभएका मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको हो । मल्लको संयोजकत्वमा १५ सदस्यीय नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश तर्दश समिति समेत चयन गरिएको छ ।नेपाल रेडक्रस सोसाईटी को विधान २०२० ) सत्रौ संसोधन २०७४ं)को २७.१ अनुासार मल्ल लाई कर्णाली प्रदेशको संयोजकमा चयन गरीएको नेपाल रेडक्रस सोसाईटी तर्दश समितिले जनाएको छ । सदस्यमा कर्णाली प्रदेशका १० वटै जिल्लाका पदधिकारी समेटिएका छन । संयोजक मल्ल नेपाल रेडक्रसमा आवद्ध हुदाँ शुरुमा सदस्यबाट शुरुवाती गर्नुभएको थियो । पछी समाजमा उल्लेखिय र उदारणिय काम गदै समाज रुपान्तरणमा अनवरत रुपमा लागी सबैको मन मुटुमा बस्न सफल मल्ललाई पछील्लो समय कर्णाली प्रदेशकै एक सफल सामजिक अभियान्ताका रुपमा चित्रण समेत गरीन्छ ।संयोजक मल्लले मुगु जिल्लाको सामाजिक बिकासमा समेत ठुलो योगदान पु¥यानु भएको छ । समाज लाई सुसुचित बनाउन रेडियोको स्थापाना देखि सहकारीकारुपमा पहिलो सहकारी चंखेली तथा रेडपाण्ड सहकारीको स्थापाना , नेत्र ज्योति संघको स्थापाना समेत गर्नु भएको छ ।मल्लले रेडक्रसको,मन्त्री हुदै जिल्ला रेडक्रस सभापतीमा चार  कार्यकाल ,केन्द्रीय सदस्यमा दुई  कार्यकाल सम्म सेवा समेत गर्नु भएको छ । समाजमा उदारणिय कामगरेको आधारमा मल्लले दैविक प्रकोप उद्धार राष्ट्रिय पुस्कार ,मावन सेवा पदक लगायत बिभिन्न कदर पदक समेत प्राप्त गुर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस