आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगुमा पनी धुमधामसँग मनाईयो क्रिसमस (आठ तस्विरमा हेर्नु होस)

  • रारा रैबार
  • २०७५ पौष १०, मंगलबार मा प्रकाशित
  • ४२२ पटक पढिएको
  • पुस १० मुगु

    डिसेम्बर २५ अर्थात् क्रिसमस आज विश्वभरका क्रिश्चियन धर्मावलम्बी धुमधामसँग क्रिसमस मनाएका छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष  क्रिसमस मनाइन्छ । त्यसै अबसरमा मुगुमा रहेका  क्रिश्चियन धर्मावलम्बीहरुले आज धुमधामसँग क्रिसमस मनाएका छन । 

     मुगुमा रहेका क्रिश्चियन धर्मावलम्बीहरुले जिल्लाका १४ वटा मण्डलीमा नाच गान लगायत क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गरेर् क्रिसमस  मनाईएको एपोष्टल ग्रिस चर्चका पास्टर प्रकाश बंमले बताउनुभयो ।

    । जिसस क्राइस्ट पनि भनिने येशुको जन्म करिब २ हजार वर्षअघि अविवाहित मारियमको कोखबाट भएको थियो ।  उनी आफ्ना अनुयायी र समस्त मानव जातिको मुक्तिका लागि क्रुसमा चढेको विश्वास गरिन्छ । 
    मुगुमा रहेका क्रिश्चियनहरूले पनि विगत लामसो समय देखि विभिन्न मनोरञ्जनकम कार्यक्रम गरी क्रिसमस मनाउँदै आएका फुल गोस फुल चर्चका अगुवा सिमा परियारले बताईन ।
     सरकारले क्रिसमस धर्मावलम्बीका लागि आज विदा समेत दिएको थियो । दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । 
    नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको कर्णाली आर्टस मण्डलीका पास्टर ददिराम कुमाईले जानकारी दिनुभयो । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस