गाउँ गाउँ योग शिविर
रारा रैबार२०७६ जेष्ठ ७, मंगलबार मा प्रकाशित७९७ पटक पढिएको 
हरि लाल नेपाली
जेठ ०७ मुगु
छायाँनाथ रारा नगरपालीका भित्र रहेका गाउँ गाउँमा योग शिवर सञ्चालन गरीएको छ । सकरात्मक स्वस्थ समाज निमार्ण गर्ने उदेश्यका साथ नगरपालीकाका बिभिन्न गाउँ बस्तीमा योगशिविर सञ्चालन गरीएको हो ।
छायाँनाथ रारा नगरपालीकाको आर्थिक सहयोग तथा पतंजली योग समितिको आयोजनामा छायाँनाथ रारा नगरपालीका भित्र रहेका २७ वटा गाउँमा योग शिविर सञ्चालाज गरिएको छ ।
आईतबार बाट शुरु भएको योग शिविरमा ९ जना योग शिवर परिचालीत भएका पतंजली योग समिति मुगुले जनाएको छ ।
योगाले दिर्ग रोगी दम, बल्ड प्रेरस, मुटु रोग क्यान्सर जस्ता रोग नियमित योगाले सन्चो हुने भएकाले योगामा आई स्वास्थय लाभ लिन पतंजली योग समितिमा अध्यक्ष जय बहादुर मल्लले आग्रह गर्नुभयो ।
उहाँका अनुसार मुगुमा नियमित योगा भईरहेको बताउदै यस बाट गाउँमा स्थानीयले पनी लाभ लिइयोस भन्ने उदेश्यले नगरपालीकाका गाउँ गाउँमा योगा शिविर सञ्चालन गरीएको बताउनु भयो ।
एक गाउँमा तिन दिन सम्म योगा सञ्चालन गरीने र आगमी असार २० गते सम्म यो कार्यक्रम लाई निरन्ता दिईने पतंजली योग समिति मुगुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस