आज: २०८१ भाद्र २४, सोमबार
ePaper
होमपेज /  Breaking News

फजुर्ल खर्चको बचतले दलित बस्तीमा सहयोग

  • रारा रैबार
  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित
  • ७०७ पटक पढिएको
  • नन्द बहादुर रोकाया

    कार्तिक १७ मुगु 
    मुगुः काड्माडौ नार्गजुन नगरपालीका १० साविकको स्युटारचारका शिव प्रसाद पन्तलगायतको टोलीले फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्तीमा बिभिन्न सामाग्री सहयोग गरेका छन । वैदेशिक रोजगारमा काम गदै आएका पन्त लगायतको ७ जनाको टोलीले फजुल खर्च चुरोट, रक्सी लगायत अन्य फुजुल खर्च नगरीे त्यो पैसा बचत गरी शनीबार छायाँनाथ रारा नगरपालीका वडा नं १३ लापु दलित बस्ती गाउँमै पुगि ३४ जना बिद्यार्थीलाई न्यानो कपडा ,बिद्यालयलाई हिलटाँयाक्की,फिल्टर लगायत २८ घरदुरीका स्थानीलाई कम्मल बितरण गरी सहयोग प्रदान गरेका हुुन ।


     कामको शिलशिलामा मकाउ बस्दै आउनु भएका शिव प्रसाद पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पिडादायक अबस्था सञ्चारमाध्याम आए अनुसार  त्यसै अनुसार आफु लगायत बैदेशिक रोजगारमा रहेका केहि साथिको सहयोगमा लापु गाउँको दलित बस्तीमा २ लाख ५० हजार बराबरको साम्रगी सहयोग गरेका बताए । 

    उनका अनुसार आफनो प्रमुख नेतृत्वमा र लन्डन बदै आउनुभएका भरत पाण्डे, मकाउ बस्दै आउनुभएका बिस्णु प्रसाद श्रेष्ठ, जंग बहादुर गुरुङ, रंग बहादुर गुरुङ र दिपक रानाभाट, अमेरीका बस्दै आउनु भएकी प्रियंका लामिछानेको सहयोगमा लापु गाउँका दलित बस्तीका २८ घरदुरीका स्थानीलाई कम्बल, श्री नमुना आधारभुत बिद्यालयका ३४ जना बिद्यार्थी लाई न्यानो कपडा, जुत्ता मोझा, झोला टोपि, स्टेशनरी साम्रगी लगायत नमुना आधारधुत बिद्यालय लाई पानी खाने ५सय लिटरको हिलटाँयाक्कि र फिल्टर सहयोग प्रदान गरीएको पन्तले बताए  ।
    स्व हजुरबुवा पहलमान पन्तको सम्झना तथा आर्थिवादले विकट दलित बस्तीमा सहयोग गर्न पाउदाँ खुसी छु  विगतका धेरै बर्षदेखि  देशका विभिन्न ठाउँमा सहयोग गदै आईरहेको भएपनी यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपुर्ण सहयोग भएको बताए । अझै लापु बस्तीलाई निरन्तर  सहयोग गर्ने प्रतिबद्धता समेत पन्तले गरे । यसै बिच आर्थिक अवस्था कमजोरका कारण जाडो बाट बच्ने लुगा किन्न नसक्ने लापु वासी न्यानो कपडा पाँउदा अत्यन्तै हर्षित भएका छन ।  जाडोको सृजन शुरु भएको छ । लुगा लत्ता किन्ने पैसा थिएन मनकारी भावाना बाकेका शिब प्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिदै स्थानीयले भगवान आएको अनुभति गरेका स्थानीय गोरा विकले बताए ।

    प्रतिक्रिया दिनुहोस