रारा रैवार
बैशाख १३ मुगु
मुगु : कोराना भाईरस कोभिड १९ रोकथाम,नियन्त्रण ,उपचार तथा राहतमा सहज होस भनेर सरकारले लकडाउन गरेपछि यसको असर यार्सा संकलनमा पनि परेको छ ।
प्रत्येक बर्ष बैशाख महिनाबाट यहाँका विभिन्न पाटन क्षेत्रहरुमा पाईने यार्सागूम्वा संकलन गरिने भएपनि यो बर्ष कारेना भाईरस रोकथाम र नियन्त्रणका लागी स्थानिय सरकारले यार्सागुम्बा संकलन,पाटन तथा वनक्षेत्रमा प्रवेश निषेध गरेको छ ।
मुगु जिल्लाका चार वटा स्थानिय तहहरु मध्ये मुगुम कार्मारोङ्ग गाँउपालिकाका वडा नं १,२ र ७ नं वडाहरुका २ दर्जन बढी पाटन क्षेत्रहरुमा पाईने यार्सागुम्वा यो बर्ष संकलनमा गाँउपालिकाले रोक लगाएकोले संकलक तथा खरिदकर्ताहरु गाँउपालिकामा नआउन हुन भन्दै शुक्रबार गाँउपालिकाले सुचना सार्वजनिक गरेको हो ।
यार्सागुम्वा संकलन गर्न खरिद गर्न देश भित्रका विभिन्न जिल्लाहरु र छिमेकी भारत तथा चिनको तिब्बत क्षेत्रबाट संकलन तथा खरिदकर्ताहरु हजारौको संख्यामा गाँउपालिका क्षेत्रमा आउने भएकाले विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाईरसको संक्रमण हुने सम्भावना भएको र नेपाल सरकारले पनि ठ्ला जमघड भेला नगर्न समेत भनेकाले यो बर्ष गाँउपालिकाले यार्सागुम्वा संकलनमा रोक लगाएको हो मुगुम कार्मारोङ्ग गाँउपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।
मुगालीहरुको खेतगरामा भएको उत्पादनले बढमा ४ महिनासम्म पुग्ने भएकाले अधिकांश मुगालीहरु यो सिजनमा १ महिना यार्सा संकलन गर्न पाटनहरुमा जाने र संकलन गरेका यार्साका बुटीहरु खरिदकर्तालाई पाटन मै विक्री गरेर बर्ष भरीको घर खर्चको जोहो गर्ने गर्दथे ।
मुगाली मात्र होईन यार्सा संकलन गर्न छिमेकी जिल्लाहरु जुम्ला,हुम्ला,कालीकोट, बाजुरा लगायत देशभरबाट बर्षेनी २० हजार बढी सर्वसाधरणहरु मुगु आउने गदर्थे । गाँउपालिकाले पाटन प्रवेश शुल्क बाफत संकलकहरुबाट लाखौ स्थानिय राजश्न उठाउने गथ्र्यो ।
कोरोनाको असरले सर्वसाधरणहरुको रोजीरोटी,बर्षभरीको आम्दानी,खर्च र गाँउपालिकाको आम्दानी यो बर्ष रोकीने भएको छ ।
गत बर्ष यार्सा संकलन गर्न मुगुमा २० हजार बढी संकलकहरु पाटन क्षेत्रमा प्रवेश गरेका थिए भने १ करोड भन्दा बढी स्थानिय राजश्व आम्दानी गरेको गाँउपालिकाले जनाएको छ ।
यसरी संकलकहरुले संकलन गरेका यार्सागुम्बा केहि पाटन मै पुगेका व्यापारीहरुलाई विक्रि गर्थे भने केहि संकलन र व्यापारी साउन महिनामा मुगु र चिनको सिमाना भन्दा पर चिनकको ह्याजिमारमा लाग्ने १ महिना हाड बजारमा चिनियाँ व्यापारीहरुलाई विक्री गर्ने गदर्थे ।
यो बर्ष यार्सा संकलन गर्न नपाईने भएपछि यार्सा संकलनबाटै वर्षभरीको खर्च जोहो गदै आएका यहाँका स्थानियबासीहरु चिन्तित भएका छन । छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेखका अंकबहादुर बुढा आफना गाँउमा मात्र बर्षेनी ८० देखि ९० लाख यार्सा विक्रीबाटै गाँउलेहरुले आम्दानी गथर्,े एक जनाले कम्तिमा ३ लाखसम्म कमाएर ल्याउथे कोरोनाले यार्सा टिप्न पनि रोकीयो विकास निमार्णका काम पनि शुरु भएका छैनन यो बर्ष गाँउमा भाकमरी हुने भयो घरखर्च जुटाउन गाँउलेहरुलाई गा्रहो हुने भयो भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ ।
युवा शक्ति यो सिजनमा गाँउहरु खाली गरेर यार्सा टिप्न पाटनहरुमा जाने भएकाले हरेक वर्ष यहाँका गाँउहरु सुनसान र खाली हुने गरेका थिए भने गाँउमा बालबच्चा,अशक्त,जेष्टनागरिक मात्र बस्ने गर्थे तर यो वर्ष मात्र गाँउहरु सुनसान र खाली नहुने भएका छन ।
एउटा यार्साको १ हजारसम्म पर्ने र एक केजी यार्साको ४० लाख सम्म पर्ने गरेको छ । यार्सालाई ए,वि र सी गे्रडिङ्ग गरेर व्यापारीहरुले संकलकहरुबाट यार्सा खरिद गर्ने गर्दछन । ए को १०००,वि को ५०० र सी गे्रट गुणस्तरको एउटा बुटीको ३००सम्म मुल्य पर्ने गरेको छ । भने एक केजी ए गुणस्तरको यार्सा पुग्न ३७०० बुटी पुग्नु पर्छ भने केजीको ३८ देखि ४० लाख सम्म व्यापारीहरुले दिने गरेका छन ।
प्रतिक्रिया दिनुहोस