आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

अग्नी पिडित बुढाको परिवार बिचल्लीमा,नगरपालीका द्धारा राहात सहयोग

  • रारा रैबार
  • २०७७ बैशाख १४, आईतबार मा प्रकाशित
  • ५६२ पटक पढिएको
  • रारा रैबार
    बैशाख १४ मुगु
    गहेको बैशाख १० गते दिउसो घरमा आगलागी भएपछि धनमान सिहं बुढाकोे परिवार बिचल्लीमा परेका छन । छायाँनाथ रारानगरपालिका वडा नम्वर १४ बाम निवासी बुढाको घरमा बुधबार दिउसो आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको सवै धनमाल जलेर नष्ट भएपछि बुढा परिवार बिचल्लीमा परेका हुन । ढुगां र काठ र टिनको छानो रहेको तिन तले घरमा बच्चाले खाजा बनाउने क्रममा ग्यास बाल्ने क्रममा आगो सल्किएको थियो । आगलागीबाट घरमा रहेको खाद्यन्न, लत्ताकपडा, नगद तथा गरगहना सवै जलेको पिडित धनमानसिहंकी धर्मपत्नी रुप कन्या बुढाले जानकारी दिईन । नयाँ घर बनाएका छौ , बसौला भन्ने सोच गरेका भएपनी एक बर्ष नबित्दै सपना चकानचुरु भयो । अहिले पुरानै घरमा आश्रय लिएर बसिरहेका बुढाले बताईन । शरिरमा लगाएको कपडा बाहेक सबै आगोले खरानी बनायो । यसै बिच आगालागी भएको घरमा माहारुद्ध डाईनामीक बोडिङ्ग स्कुल र एकजनाको पसल पनी थियो त्यो पनी सबै आगोले खरानी बनाएको छ । प्रहरी मुझुल्लाकामा ४० लाख बरारबरको क्षेतिभएको प्रहरीले बताएको छ । शुक्रबार घटनास्थलमा पुगी प्रहरीले मुझुल्का उठाउदा तिनै जनको ४० लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।
    यसै बिच छायाँनाथ रारा नगरपालीकाले तत्कालका लागी आसु पुच्छन अग्नी पिडित लाई राहात उपल्बध गराएको छ । सबैभन्दा बढी क्षेति भएको धनमान सिहं बुढाको परिवार लाई २५ हजार नगद ४ बोरा चामल ,पाँच केजि दाल लगायत अन्य एक सरो भाडाँ वत्तन लुगा लत्ता र सोहि घरमा पसल गदै आएका तेज बहादुर बुढाको परिवार लाईपनी ४ बोरा चामल , पाँच केजि दाल लगायत गरेर ५० हजार बराबरको राहात तत्कालका लागी सहयोग गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए ।

    प्रतिक्रिया दिनुहोस