आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

वावुको एकतृष्ठ तिथीको खर्च कटाएर विपत कोषलाई

  • रारा रैबार
  • २०७७ बैशाख १५, सोमबार मा प्रकाशित
  • ५१६ पटक पढिएको
  • रारा रैवार, मुगु बैशाख १५ गते,
    मुगु ः आफना बाबुको सोमबार पर्न गएको एकतृष्ठि तिथीको खर्च कटाएर उहाँका एक दाजुभाईले स्थानिय सरकारहरुलाई सहयोग गरेका छन ।मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाँउका तिन दाजुभाईहरु लोकेन्द्र बहादुर मल्ल,नृपेन्द्र बहादुर मल्ल र भुपेन्द्र बहादुर मल्लले आफना बुवाको सोमबार पर्न गएको २२ औं एकतृष्ठ तिथीको खर्च कटाएर कोरोना रोकथाम,नियन्त्रण,उपचार तथा राहतका लागी स्थानिय सरकारहरुले स्थापना गरेका कोषहरुमा जम्मा गर्ने भएका हुन ।जिल्लामा रहेका रहेका ४ वटै स्थानिय सरकारहरु छायाँनाथ रारा नगरपालिका,खत्याड,सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिका मार्फत लड डाउनले दुख्ख पाएका अपाङ्ग,असाय,विरामी र गरिव परिवारलाई दिईने राहत तथा अन्य सेवामा सहयोग होस भनेर प्रति स्थानिय तह १० हजारका दरले ४० हजार रुपयाँ उपलब्ध गर्ने जेठा छोरा लोकेन्द्र बहादुर मल्लले बताउनु भयो । उहाँले भन्नु भयो प्रत्र्यक बर्षको बुवाको मृत्यु भएको दिन एकतृष्ठ तिथी मनाउदा आफन्तजन,शुभचिन्तक,दिदिवहिनी तथा भान्ज ज्वाईहरु सहभागी हुन्र्थे । यो बर्षको तिथीमा कोरोना भाईरस रोकथाम,नियन्त्रण,उपचार र राहतमा सहज होस भनेर सरकारले बन्दाबन्धी गरेकाले एग्लै तिथी प्रकृया पुरा गरयौ र यो बेला ठुला जमघट नगर्न समेत भनेकाले तिथीमा खर्च हुने पैसा स्थानिय सरकारको विपत व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका हौ ।
    मल्लका वुवा स्वर्गिय पदम बहादुर मल्ल (सुब्बा) भनेपछि मुगु जिल्ला भरी नचिन्ने मान्छे कमै होलान उहाँ एक समाज सेवी हुनुहुन्थ्यो,गाँउघरमा कसैको घरमा जुनसुकै दुख्खकष्ठ पर्दा,गरिव,वेसाहाराको घरका बालबबालिकाको पढाई,विहाबारी,गर्दा सहयोग गर्नुहुन्थ्यो भने गाँउका प्राय सवै सामाजिक काममा सहभागी हुन्नु हुन्थ्यो श्रीनगर गाँउका स्थानिय रंग बहादुर मल्ल सम्झदै भन्नुहुन्छ उहाँ हुदा गाँउमा कसैले अन्याय सहनु पदैनथ्यो सबैलाई न्याय हुने गरि गाँउमा झै झगडा र विवाद हुदा मिलाउनु हुथ्यो,त्यस्तो मान्छे यो बेला पाउन कहाँ सकिन्छ र छोराहरुले समाजसेवी वुवाको मृत्यु तिथीको खर्च समेत सामाजिक काममा खर्च गर्ने निर्णय गरेछन खुशी लाग्यो ।
    आजै सबै स्थानिय सरकारहरुको विपत व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भने पनि जिल्लामा रहेको राष्टिय बाणिज्य बैकको शाखा लकडाउनका कारण आइतबार,मंगलबार र विहिबार मात्र खुल्ने भएकाले मंगलबार सबै स्थानिय तहको खातामा रकम जम्मा गर्ने माईला छोरा नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
    मनकारी छोराहरु जेठा लोकेन्द्र बहादुर मल्ल नेपाल शिक्षक महासंघका निवर्तमान जिल्ला अध्यक्ष,माईला छोरा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष र कान्छा छोरा नेपाल बचत तथा ऋण सहकारी संघ,कणाली प्रदेश समितीको सदस्य हुनुहुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस