रारा रैवार
मुगु बैशाख २१ गते,
क्वारेन्टाईनमा राख्नका लागी राखिएका एक जना व्यक्ति नदिमा वेपत्ता भएका छन ।मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं १ बमकाँडा गाँउ घर भएका अन्दाजी ३५ बर्षिय गिर्मे भनिने प्रेम वि.क आईतबार विहान नजिकै रहेको कणाली नदीमा नुहाउने क्रममा वेपत्ता भएको प्रहरीले बताएको छ ।भारतमा कामको सिलसिलामा गएका उनी सहित ४८ जनाको टोली दार्चुला नाका हुदै नेपाल आएको र शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोडने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाईनका कर्मचारीहरुले उनीसंगै आएका जुम्लाका १८ जनालाई जुम्ला तर्फ पठाएका, मुगु ३० जना मध्य सोरु गाँउपालिकाका १७ जना सोरु तर्फ गएको र बाकी रहेका खत्याड गाँउपालिकाका १३ झगला मै रहेको खत्याड गाँउपालिकाको क्वारेन्टाईनमा बस भन्दा त्यहाँ बस्न नमाने पछि आईतबार पालिकाका अन्य क्वारेन्टाईनमा बस्ने व्यवस्था गर्ने सल्लाह भएपछि उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए,आईतबार विहान ११ बजे पालमा बसेका मध्य १ जना वेपत्ताका दाजु सहित ३ जना नुहाउन गएका थिए,विक नदिमा वेपत्ता भएपछि विकका दाजु र अर्का व्यक्ति दौडदै कणाली नदिमा वेपत्ता भएको खबर गराएका थिए गाँउपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीलाई उद्िगत गदै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद निरौलाले बताउनु भयो कणाली नदिको छेउमा विकका कपडाहरु भेटिएका र नुहाउदा दाजु समेत संगै भएकाले विक नदिमा वेपत्ता भएकै हुनसक्ने र विकलाई खोज्न नदिका किनारमा खोजीका लागी बाजुरा,कालिकोट र मुगुका प्रहरी खटिएका छन नहाउदा वेपत्ता भए वा आईतबारबाट क्वारेन्टाईनमा बस्न पर्छ भनेर लुगा छोडी कती भागे अनुसन्धान भैरहेको पनि प्रहरीले प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो । बाकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाँउपालिकाको क्वारेन्टाईनमा राखिएको छ । नेपाल तर्फका नाका केहि खुकुलो भएकाले भारतमा रहेका मुगाली ठुलो सख्यामा आउन सक्ने भएकाले अब केहि जोखिम हुनसक्ने स्थानिय प्रशासनले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस