आज: २०८२ जेष्ठ ३, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुमा एक जनाको आरडिटी रिर्पोट पोजेटिप

  • रारा रैबार
  • २०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित
  • १२७९ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    जेठ ०६ मुगु
    मुगु जिल्ला स्थित खत्याड गाँउपालिकामा ¥यापिड परिक्षण(RDT) गरिएका एक जनाको रिपोर्ट पोजटिप देखिएको छ ।सोमबार गाँउपालिका मातहत बरातु क्वारेनटाईनमा बस्दै आएकी सोही गाँउपालिका वडा ३ की एक १८ बर्षिय युवतीको आरडिटी परिक्षण गर्दा पोजटिप रिर्पोट आएको हो खत्याड गाँउपालिका स्वास्थ्य शाखा उपसंयोजक हरि बुढाले फोन मार्फत बताउनु भयो ।
    गत बैशाख १९ गते सोरु गाँउपालिकाले काठमाडौबाट उद्घार गरेर मुगु ल्याईएकाहरुसंग मुगु आएकी उनी ९ दिन जिल्ला सदरमुकाम गमगढी जिल्ला प्रहरी कार्यालयको दक्षिण तर्फ रहेको आफन्तको घरमा बसेर खत्याड गाँउपालिकामा रहेको आफनो घर जादा गाँउपालिकाले बरातु क्वारेन्टाईनमा राखेको थियो ।
    गत बैशाख ४ गते विहिवार आरडिटी पोजेटिप देखिएका व्यक्तिm भन्दा यी युवतीमा लक्षण कोरोना संग मिल्दो जुल्दो देखिएको र उनको स्वाव पिसिआर परिक्षणका लागी मंगलबार स्थलमार्गबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लिने तयारी भैरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निर्मल नगरकोटीले बताए । कोरोना शंकास्पद युवती जिल्ला सदरमुकाम गमगढीमा रहदा उनी बसेको घर वरिपरी र आफन्तहरु १५ जनाको आजै आरडिटी परिक्षण गर्दा उनीहरुको रिर्पाेट नेगटिप आएको पनि डाक्टर नगरकोटीले बताए ।
    यस अघि आरडिटी पोजेटिप आएका व्यक्तिको पिसिआर परिक्षण गर्दा नेगटिप रिर्पोट आएको थियो ।
    सोमबारसम्म मुगुमा ३६० जनाको आरडिटी परिक्षण गरिएकोमा ३५८ जनाको नेगटिप २ जनाको रिपोट पोजेटिप आएको छ भने ११ जनाको पिसिआर परिक्षण गर्दा सबैको रिपोट नेगटिप आएको छ । आज आरडिटी पोजेटिप देखिएको एक व्यक्तिको र अन्य २ सय जनाको स्वावको पिसिआर रिपोट भने आउन बाँकी रहेको छ ।
    २०० जनाको स्वाव पिसिआर परिक्षण गरिदै
    कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएको चिकित्सक सहितको टोलीले मुगुका सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाहरुमा जिल्ला बाहिर र भारत तथा तेसो्र मुलकबाट आएका व्यक्तिहरुको स्वाव संकलन गरेको छ ।संकलित २०० जनाको स्वावको कोरोना भाईरस परिक्षणका लागी मंगलबार हेलिकप्टर मार्फत कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिन लागेको स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराउनु भयो ।
    यी गाँउपालिकाका स्थानियहरु जिल्ला बाहिरबाट गत बैशाख महिनामा गाँउपालिकामा भित्रिय पछि स्थानियहरुको त्रास सृजना भएपछि कणाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना परिक्षणको दायरा फराकिलो बनाउने भन्दै प्रदेश भरीका विभिन्न स्थानिय तहहरुमा कोभिड १९ परिक्षण गर्न स्वाव संकलनका लागी चिकित्सक सहितको स्वास्थ्य टोली खटाएको थियो । मुगुका सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाहरुमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले संकलन गरेको स्वाव पिसिआर परिक्षणका लागी जुम्ला पठाउन थालेको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा नगरकोटीले बताए ।
    सोरु र मुगुम भन्दा कोरोनाको जोखिममा रहेका छायाँनाथ रारा नगरपालिका र खत्याड गाँउपालिकाहरुमा पिसिआर परिक्षणको दायरा बढाउन अनुरोध गदै पत्र मार्फत तथा मोखिम माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला बताउनु हुन्छ । प्रदेशले खै के आधारमा सोरु र मुगुम छान्यो त्यो थाहा भएन, कोरोना जोखिमका हिसावले क्रमश खत्याड,सोरु र छायाँनाथ रारा स्थानिय तहहरु देखिन्छन यी पालिकाहरुमा पिसिआर परिक्षण बढाउनु पर्ने हो उहाँले भन्नु भयो यी पालिकाहरुमा काठमाडौ लगायत भारत र तेसो्र मुलकबाट अधिक संख्यामा स्थानियहरु भित्रीएका छन ।

    प्रतिक्रिया दिनुहोस