रारा रैवार सम्वाददाता
असार १५ मुगु
मुगु : आज धान दिवश देशभर किसानहरु धान रोप्नका लागी आफना खेतहरुमा विहानै व्यस्त रहेका छन । हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो छ ।
मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका, पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाकाका केही गाउँहरुमा धान रोप्न भ्याइनभ्याइ छ । लकडाउनका बेला मुगाली किसानहरु सामाजिक दूरी कायम गर्दै रोपाइँ गरिरहेका छन् ।
खेतमा नाच गान गर्ने, दोहारी, देउडा गीत गाउँदै धान रोप्ने चलन छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको छायानाथ रारा नगरपालिका–५ का किसान सुन बहादुर विकले बताए । पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि मार्सी र स्थानीय जातका धान खेतीप्रति यस क्षेत्रका किसानको आकर्षण बढेको छ ।
मुगुमा स्थानीय रातो धान, मार्सी, चन्दनाथ १ र ३ जातको धान खेती गरिन्छ । यो वर्ष गर्त वर्षको भन्दा रोपाइँ छिटो गरिएको छ । आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानले यस वर्ष छिटो वर्षा भएकाले रोपाइँ पनि छिटो गरेका हुन् । छिटो धान रोप्दा धान उत्पादनमा फरक नपर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख पञ्चलाल बुढाले बताए ।उनका अनुसार यो बर्ष मुगुमा ८० प्रतिशत धान रोपाई सकिएको छ ।२० प्रतिशत रोपाई बाहेक समयमै रोपाई सम्पन्न भएको बुढाको भनाई छ
रोपाई गर्न गोलाप्रथा
मुगुको एउटा गाँउमा रोपाई गर्नका लागी गोलाप्रथा गरिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानियहरुले गाँउ नजिक रहेको जिउलोमा कस्ले कुन दिन आफना खेतमा रोपाई गर्ने भनेर एक आपसमा चिठ्ठा(गोलाप्रथा) गरेका हुन ।
खेतमा रोपाई गर्नका लागी गत ६ गते नै गोलाप्रथा गरेपनि आज धान दिवशका दिन देखि आफुलाई पालो परेको र त्यसै अनुसार धान रोप्न शुरु गरेको निगाले गाँउका स्थानिय गोकर्ण रोकायाले बताए ।जिउलोमा रहेका ३०० बढी खेतहरुमा अगाडी रोपाई गर्न गाँउलेहरुले एक आपसमा भिडने र गाँउ सानो भएकाले रोपनेरी,हली र गोरुको अभाव हुने भएकाले प्रतिस्प्रधान नहुने,जनशक्ति पनि उपलब्ध हुने भएकोले चिठ्ठा हाल्ने गरिएको अर्का स्थानिय जानदेवी रोकायाले बताईन ।
झगडा हुने क्रम रोकियो
४ बर्ष यताबाट रोपाई गर्न चिठ्ठा हाल्न थालिएपछि गाँउलेहरु आफनो पालो परेको दिनमात्र रोपाई गर्ने गर्छन । गोलाप्रथा अनुसार रोपाई गर्न थालिएपछि रोपाहा,खेताला,गोरु र पानीको अभाव हुने गरेको छैन,गाँउलेहरु विच रोपाई कै विषयलाई लिएर झगडा हुने क्रम रोकिएको छ ।
चिठ्ठामा रोपाई गर्ने महिना गते उल्लेख गरिएको हुन्छ जस्लाई जुन गते महिना पर्छ सोहि दिन मात्र आफना खेतहरुमा रोपाई गर्नुपर्ने हुन्छ । यो बर्षको चिठ्रठा हाल्ने काम भैसकेको र सोहि अनुसार सोमबारबाट निगाले जिउलोमा रोपाई शुरु भएको गाँउलेहरु बताउछन ।
तरकारीका लागि नमुना गाउँ
जिल्ला सदरमुकालाई बाहै महिना तरकारी उपलब्ध गराउने यो गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा नमुना मानिन्छ । यो गाँउमा जाने सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको योजना तथा कार्यक्रम विना विवाद गाउलेहरुको सहमतीमा पारदर्शि रुपमा सम्पन्न हुदै आएका छन ।
निगाले जिउलोमा धान,गहु,जौका अलावा यो बर्षबाट लसुन खेती पर्न गर्न थालेको र यो बर्ष लसुन उत्पादन राम्रो भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस