रारारैवार संवाददाता
असाार १८ मुगु
नेपाली काग्रेशका सस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोईरालाको नामबाट स्थापित वि.पी स्मृती प्रतिष्ठानको भवन निमार्णका लागी शिलान्यास गरिएको छ ।विहिबार विधिवतरुपमा छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले वि.पी स्मृती भवनको शिल्यानास गर्नुभएको हो ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७मा भवन निमार्णका लागी ४३ लाख रकम विनियोजन गरेको थियो । सोहि रकम अनुसार भवन निमार्णको लागी नगर प्रमुख हरिजंग शाहीले विहिबार भवनको शिलान्यास गर्नु भएको हो
मुगु जिल्लाको सदरमुकाम गमगढीमा २ तलाको बन्ने उक्त भवनको डिजाईन ईस्टमेट अनुसार कुल लागत ८३ लाख भएपनि यो बर्ष पहिलो तला ४३ लाखमा भवन निमार्ण गरिने बताईएको छ । भवन छायाँनाथ रारा नगरपालिका वडा नं २ स्थित प्रसाशन कार्यालय नजिकै बन्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस