आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

साझँपखको रारा ( फोटो फिचर)

  • रारा रैबार
  • २०७७ अषाढ २९, सोमबार मा प्रकाशित
  • ७६१ पटक पढिएको
  • हरिलाल नेपाली
    असार २९ मुगु
    नेपालको सबैभन्दा ठुलो ताल रारा घुम्नका लागि यो सिजनको मौसम लाई उपयुक्त मानिन्छ । तर अहिले रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सख्या शुन्यनै छ । यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनी कोरानाको माहामारीका कारण रारा सुनसाननै छ । रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यता आन्तिरक पर्यटकमा भएको भएपनी पर्यटकहरु कोरानाको माहामारी र लगडाउनका कारण रारा आउन पाएका छैनन् ।

    यो सिजनमा पर्यटक नआएपछि रारा ताल लगायत आसपासका सल्लेरी माझघट्ट र लामाचौर सुनसान बनेको हो । रारामा सिमित मात्रामा होटेलहरु भएपनि ताल छेउका स्थानहरुमा पाल टाँगेर पर्यटक बस्ने गर्दथे भने उक्त स्थान हाल खाली नै देख्न पाईन्छ ।

    रारा आफैमा सुन्दर सफा कन्चन छ । अझ भनौ रारामा साझँपख सुन्दर्ताले झनै लोभ्याउछ । रारा, कर्णाली प्रदेशको प्रमूख पर्यटकीय गन्तव्य हो । राराले दिनमा तीन पटक रुप बदल्छ । विहानपख खैरो देखिने राराको रङ, दिउँसो बैजनी बन्छ । अनि साँझ पर्न थालेपछि आकाश र राराको रङ उस्तै देखिन्छ ।

    अझ भनौ यति बेला रारा क्षेत्रमा फूलले राराताललाई झन् मनमोहक बनाएको छ । समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा तालको ५ किलोमिटर लम्बाइ, तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ । यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकनका गर्न सकिने रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस