आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

पुल नहुदाँ लिप्टोकै भरमा आवतजावत

  • रारा रैबार
  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित
  • ९७१ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन २० मुगु
    मुगु : सदरमुकाम गमगढी नजिकै रहको एक खोलामा पुल नहुदाँ काठको लिप्टोमा आवतजावत गरीरहनु परेको नागरिकले बताएका छन । छायाँनाथ रारा नगरपालिका वडा नं १ अल्का साघुँमा पुल नहुदाँ स्थानीयले एक बर्ष देखि काठको लिप्टोको भरमा जोखिम पुर्ण यात्रा गरीरहेको बताएका हुन ।
    गमगमढी नाक्चालाग्न सडक अन्तरगत पर्ने छायाँनाथ रारा नगरपालिकाको वडा नं १ अल्का साँघुमा काठे पुल बगाएको एक बर्ष बित्दा पनि पुल नहुदाँ स्थानीय सानो काठको लिप्टोमा जोखिम पूर्ण यात्रा गर्नु परिरहेको आवतजावत गर्ने नागरिकले गुनासो गदै आएका छन ।


    गत बर्ष साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगाढ खोलामा आएको बाढीले अल्का साघुँ लगायत खोलामा रहेका दर्जन बढी काठे पुल बाढीले बगाएको एक बर्ष हुदाँ सम्म पुल मर्मतमा कसैको ध्यान गहेको छैन । आजभोली स्थानीय काठको लिप्टो लगाएर आवतजावत गर्न बाध्य भएका छन ।

    पुल नहुदा तिर्थ जाने तिर्थालू, मुगुम कामरोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०,११,१२ का नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन । उनिहरुलार्ई सदरमुकाम गमगढी सम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएकोे छायाँनाथ रारा नगरपालिका ४ का जगत भामले बताए ।

     

    पुल बगाएपछि आवत जावतमा समस्या भए पनि सम्बन्धित सरोकारवाला निकायले वेवस्ता गरेका छन र पुल बनाउन सकिरहेका छैनन् ।  अल्का साघुँको पुल मात्र नभएर लुमडकि,पानीखोला पिना खोला लगायतका दर्जन बढी पुल बाढीले बगाएको एक बर्ष हुदाँपनि मर्मतमा ध्यान नदिनु भनेको मुगुका नेता ,सरोकारवाला निकायको गैर जिम्मेवारपन भएको नागरीकले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस